चन्द्रागिरि साकोस र शुभतारा एकीकरण हुँदै, सहकारीको असल सन्देश जाने गरी अघि बढ्दै चन्द्रागिरि
काठमाडौं : थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र ललितपुर खुमलटारमा रहेको शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था बीच एकीकरण हुने भएको छ ।
आज (शुक्रबार) दुबै संस्थाका सञ्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी सम्मिलित एकीकरण कार्यतालिका सार्वजनिकीकरण कार्यक्रम आयोजना गरी संस्था एकीकरण हुने घोषणा गरिएको छ ।
यसअघि पौष ५ गते दुबै संस्था बीच एकीकरण गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको थियो । एकीकरण कार्यतालिका सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बास्कोटाले एकीकरणले सहकारी संस्थाहरुलाई बलियो बनाई प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने र सदस्यहरुलाई थप सेवा प्रवाह गर्न सक्षम हुने कुरा बताउनु भएको छ । सहकारीको वासलात र नाफाको अंक भन्दा पर पनि सहकारीको अस्तित्व भेटिने गरी सञ्चालन हुनुपर्ने कुरामा जोड दिनुभयो ।
शुभतारा सहकारीका अध्यक्ष ऋषिराम घिमिरेले चन्द्रागिरिसँग एकीकरण हुने सहमती सँगै सहकारी क्षेत्रको सेवा थप गुणस्तरीय हुने र दुबै संस्था मिलेर सहकारी अभियानमा नमुना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुई संस्थाहरुबीच भएको एकीकरण सहमतीले नयाँ अवसर र सम्भावनाहरुको ढोका खोलेको कुरा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनुभयो ।
चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले एकीकृत संस्थालाई नाफामुलक मात्र नभई सेवामुलक संस्थाको रुपमा स्थापित गर्दै काठमाडौं उपत्यकाबाट सहकारीको असल सन्देश जाने गरी सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा चन्द्रागिरि साकोसका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर र शुभतारा सहकारीका सचिव मिनराज दुलाल, उपाध्यक्ष राजेन्द्रराज पौडेल र सहकारीविद मुकुन्दप्रसाद दहालले सहकारी एकीकरणको विषयमा आआफ्नो विचार राख्नुभएको थियो ।

पछिल्लो विवरण अनुसार चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ३१ करोड र सदस्य संख्या १२ हजार ५ सय र शुभतारा बहुउद्धेश्यीय सहकारीको कुल सम्पत्ति २२ करोड र कुल सदस्य ५ सय जना रहेको छ । चन्द्रागिरि साकोसले यस अघि काठमाडौं जिल्लाको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था र ललितपुरको रिचमन सहकारी संस्थासंग एकीकरण प्रकृया सम्पन्न गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार