राष्ट्रिय सहकारी बैंकलाई कर्जा उठाउनै हम्मे हम्मे
२०७७ माघ ८, बिहिबार
काठमाडौं : राष्ट्रिय सहकारी बैंकलाई कर्जा उठाउन हम्मे हम्मे परेको छ । बैंकले गरेको लगानी उठ्न नसकेपछि राष्ट्रिय दैनिक पत्रिकामा कर्जा नतिर्ने संस्थाको नाम प्रकाशन गरेको छ । बैंकले ५ वटा सहकारी संस्थालाई ३५ दिन भित्र कर्जा चुक्ता गर्न आउने बारे सूचना प्रकाशन गरेको छ ।
बैंकबाट लगेको कर्जा नतिर्ने सहकारी संस्थाहरुमा डाँफे बचत तथा ऋण सहकारी संस्था, गुणस्तरीय बचत तथा ऋण सहकारी संस्था, जनविश्वास उपभोक्ता सहकारी संस्था र विस्मिला महिला कृषि सहकारी संस्था रहेको छ । यी ४ वटा सहकारी पर्साका हुन् । त्यस्तै प्रगति कृषि सहकारी संस्था पनि कर्जा नतिर्ने सहकारीमा परेको छ । यी ५ वटै सहकारीलाई ३५ दिने सूचना बैंकले जारी गरेको छ ।
३५ दिनभित्र कर्जाको साँवा, ब्याज र हर्जना नतिरेमा धितो लिलामी गर्ने समेत बैंकले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार