उखु किसानले अझै आठ करोड पाउन बाँकी
काठमाडौं : तीन वटा चिनी उद्योगले किसानलाई अझै आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ।
पटक पटक लामो आन्दोलन गरेर ६५ करोड बक्यौता रकममध्येमा अझै तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन्।
उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिए।
उनका अनुसार ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ।
मन्त्रालयको तथ्यांकअनुसार १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ।
लुम्बिनी मिलले बैंक खातामा एक करोेड ७६ लाख जम्मा गरे पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन्। किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार