सहकारीका सदस्यको ८० लाख रुपैयाँ लिएर समूहकी अध्यक्ष फरार
कञ्चनपुर : साना किसान सहकारी संस्था पिपलाडीका समूहकी अध्यक्ष कलावती दमाई (नेपाली) सदस्यको लाखौं रकम लिएर फरार भएकी छन् । साना किसान र नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था झलारीबाट विभिन्न व्यक्तिका नामबाट झण्डै ८० लाख रुपैयाँ रकम झिकेर उनी बेपत्ता भएकी हुन् ।
शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी कलावतीलाई खोजी तथा आवश्यक कारबाही गरी रकम असुल उपर गर्न प्रहरीमा वडा कार्यालयले पत्राचार गरेको छ ।
सहकारी र वित्तीय संस्थामा रकम बचत गर्दै आएका व्यक्तिका नाममा रहेको रकम समूह जमानीका आधारमा ऋणका रुपमा उनले झिकेकी बताईएको छ ।
वडा कार्यालयमा उत्तरा विष्टलगायत २७ जनाले खोजतलास र रकम असुल उपर गरिदिन लागि भन्दै संयुक्त निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो ।
कलावती लामो समयदेखि सम्पर्कविहीन भएपछि पीडित स्थानीयले खोजतलासका लागि वडा र प्रहरीलाई गुहारेका हुन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार