१९ स्थानमा सेवा केन्द्र बिस्तारकाे तयारीमा सिवाईसी, १२ औं सेवा केन्द्र निसिखाेलामा
सहकारीले यही माघ महिना भित्र पर्वत, म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ ।
धौलागिरि अन्चल लाई कार्य क्षेत्र बनाई अहिलेसम्म ३० वटा सहकारी बीच एकीकरण गरिसकेको सहकारीले स्वदेश मै काम गर्ने युवा जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताउनु भयो ।
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको निसीखोला गाउँपालिका-४ झिवाँ खोलामा १२ औं सदस्य सेवा केन्द्र स्थापना गरेको छ । साविक धौलागिरी अञ्चल कार्यक्षेत्र रहेको सहकारीले बागलुङका सबै स्थानिय तहमा सेवा पुर्याउने उदेश्यले १२ औं शाखा झिवा खोलामा स्थापना गरेको हो । सेवा केन्द्रको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बाेल्नुहुँदै गाउँपालिका अध्यक्ष पौडेलले सहकारीले गाँउपालिकामा छरिएर रहेको पूँजी एकिकृत गरी रोजगार मुलक क्षेत्रमा परिचालन गर्न सके स्थानिय स्थरमा रोजगारी सृजना हुने बताउनु भयो । सहकारीको सेवाकेन्द्र संचालन भएपछि गाँउका नागरिकमा वित्तिय पहुँच विस्तार भएको बताउनु भयो ।
सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष टिकानिधि पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष जुन विक्रम शाही, सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी, पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष तथा सिवाईसी साकोस संचार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी, झिम्पा बचत तथा ऋण सहकारीका सचिव मिलन हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था निसिखोला सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक हुतराज भुसालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव भूमिराज आचार्यले गर्नु भएको थियो ।
सहकारीमा १३ हजार ८९ जना शेयर सदस्य, २३ करोड २७ लाख शेयर पूँजी र कुल पूँजी तथा दायित्व १ अर्ब ७० करोड पुगेको छ । कुल बचत १ अरब २६ करोड रहेको संस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पूँजी ७ करोड रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार