सहकारीको प्रोफाईल तयार गर्दै जिल्ला सहकारी संघ दोलखा
दोलखा संवाददाता
चरिकोट : जिल्ला सहकारी संघ, दोलखाले जिल्लामा रहेका सहकारी संघ/संस्थाहरुको प्रोफाईल डायरी तयार पर्ने भएको छ ।
संघको १५ औं साधारण सभा बाट यो कार्यक्रम पारित गरी सञ्चालनमा ल्याएको हो । दोलखा जिल्लामा ५ सय २३ सहकारी/संस्था रहेका छन् । जसमध्ये जिल्ला संघमा ४ सय ३३ सहकारीको आवद्धता रहेको छ ।
सहकारीले गरेको काम, कुल सदस्य, कुल बचत, कुल शेयर पूँजी, कर्जा लगानी, संघ/संस्थाहरुको कार्य क्षेत्र, विभिन्न कोषहरु, कर्मचारीहरुको संख्या, आवद्धता, उद्देश्यको आदिको बारेमा समेटेर प्रकाशन गर्ने लागेको संघका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो । संघमा आद्घता नभएका संस्थाहरुलाई आद्घता गराउन र संस्थाहरु कुन अवस्थामा छन् भन्ने जानकारी पाउन सहज हुने उहाँले बताउनु भयो ।
जिल्लाको सहकारी संघ/संस्थाहरुको यर्थात विवरण उपलब्ध हुनुका साथै जिल्लाका सहकारीका बारेमा सबैले थाहा पाउने चौलागाईले बताउनुभयो ।
यस कार्यका लागि आवश्य गृहकार्य पनि सुरु भएको र उक्त प्रोफाईल डायरी राष्ट्रिय सहकारी दिवस (चैत २० गते) एक कार्यक्रमका बीच विमोचन गरिने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
