३० असार २०८३, मङ्गलबार

चरम आर्थिक संकटमा पशुपति, सदस्यको रुवाबासी, कर्मचारी कार्यालय आउनै छाडे

२०७७ माघ ४, आईतवार
चरम आर्थिक संकटमा पशुपति, सदस्यको रुवाबासी, कर्मचारी कार्यालय आउनै छाडे

काठमाडौं : पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड चरम आर्थिक संकटमा फसेको छ । संस्थाले सदस्यको बचत फिर्ता नै दिन नसक्ने अवस्थामा पुगेको छ ।

कार्यालय खुलेको पनि हाल एक रुपैयाँ पनि फिर्ता गराउन संस्थाले सकेको छैन । अधिकांश कर्मचारी बिदामा छन् । कार्यालयमा २/३ जना मात्र कर्मचारी आउने गरेका छन् । कार्यालयमा सम्पर्क गर्दा फोन समेत उठ्दैन । फोन उठेको अवस्थामा पनि आर्थिक कारोबार नभएको र कार्यालयसम्म दुःख नपाउनु भने जवाफ दिने गरेका छन् ।

संस्था करिब १ बर्षदेखि आर्थिक संकटमा फसेको छ । संस्थाले गरेको लगानी उठ्न नसकेका कारण बचत रकम फिर्ता गर्न नसेको बताईएको छ । स्रोतका अनुसार संस्थाको अधिकांश लगानी घर, जग्गामा छ । जग्गा बिक्रि गर्न धेरै प्रयन्त गर्दा पनि सम्भव नभएपछि संस्था नै टाट पल्टने अवस्थामा पुगेको बुझिएको छ । धेरै धेरै निक्षेप रहेको सदस्यलाई जग्गा दिन समेत संस्था तयार रहेको छ ।

संस्थाले बचतकर्ता (सदस्य)लाई भोली भोली भन्दा भन्दै एक वर्ष झुलाई सकेको छ । साउनदेखि पैसा फिर्ताको लागि प्रक्रिया अघि बढेको र हालसम्म पनि पैसा फिर्ता नआएको एक सदस्य जानकारी गराए । ‘भोली भोली भन्दा भन्दै महिनौं बिती सक्यो’, ती सदस्यले भन्नुभयो, ‘ब्याज मात्रै फिर्ता माग्दा पनि दिएको छैन ।’

संस्थाले बचत फिर्ता गर्न नसकेको संस्थाका अध्यक्ष सिबी लामा स्विकार गर्नहुन्छ । यही माघ महिनाबाट सदस्यहरुको बचत फिर्ता गर्ने उहाँ बताउनुहुन्छ । ‘एक वर्ष अधि पैसाको समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘विस्तारै विस्तारै भुक्तानी दिदैं आएको थियो । ललितपुर सेवा केन्द्रमा सदस्य आएको हो । कर्मचारीले संस्था नै खोलेनन् । हाल ललितपुरको सम्पूर्ण हिसाब जमलबाट हेरिदै आएको छ ।’

ललितपुर सेवा केन्द्रमा ८/१० करोडको कारोबार छ । त्यस्तै जमलबाट करिब २ अर्बको कारोबार हुने गरेको लामाले बताए । विस्तारै बचत फिर्ता गरिने समेत उहाँले बताउनु भएको । संस्थाले लगानी गरेको जग्गा समेत लैजान सदस्यलाई भनिएको उहाँले बताउनुभयो । ढिलो चाँढो बच फिर्ता गरिने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।

संस्थाको मुख्य कार्यालय ललितपुरको मान भवन, काठमाडौंको जमल, डिल्लीबजार, भक्तपुरको गठघर र सुर्यविनायकमा सेवा केन्द्र रहेको छ ।

 

यो पनि बढ्नुहोस्

श्रोत नखुलेको शंकास्पद रकम कारोबार गर्ने पशुपति सेभिङलाई १० लाख रुपैयाँ जरिवाना

अभिलेख

लोकप्रिय