डिजिटल दुनियाँमा सहकारी प्रवेश, अन्तर सहकारी कारोबार सुरु
काठमाडौं : नेपालमा पहिलोपटक अन्तर सहकारी कारोबार सुरु भएको छ ।
एउटा सहकारीको पे स्लिप (चेक) अर्को सहकारीबा पनि साट्न मिल्ने व्यवस्था सहित अन्तरसहकारी कारोबार सुरु भएको हो । हब कोअपरेटिभ सर्भिस लिमिटेले देशभरका सहकारीहरुमा सहकार्य गरी यस्तो सेवा सुरु गरेको हो ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हब कोअपरेटिभ सर्भिसले अन्तर सहकारी कारोबार सुरु गरेको हो । सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको हबको अपरेटिभले मुलुकमै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन लागेको हो ।
हबमा सहकारी संस्थाहरुले सदस्यता लिएपछि आफ्ना सदस्यलाई यस्तो सेवा दिन सक्नेछ । बैंकहरूको चेक नेपाल क्लियरिङ हाउसले सेटलमेन्ट जस्तै एक सहकारीको चेक अर्को सहकारीबाट हबले सेटलमेन्ट गरेर सटही गर्ने व्यवस्था मिलाएको छ। अहिलेसम्म एउटा सहकारीको चेक अर्को सहकारीमा साट्ने व्यवस्था थिएन । सहकारीलाई बैंकसँग प्रतिस्पर्धी बनाउन नयाँ सेवा सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताउनुभयो । हबमा आबद्ध सहकारी संस्थालाई डिजिटल सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
हबले मोबाइल बैंकिङ, अनलाइन भुक्तानी सेवा, युटिलिटी पेमेन्ट, क्युआर कोडमार्फत भुक्तानी, आन्तरिक तथा बाह्य रेमिटेन्स सहितका सेवा दिने उहाँले बताउनुभयो ।
हबले सहकारीमार्फत आन्तरिक रेमिटेन्स र बाह्य रेमिटेन्स सेवा पनि दिने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार