सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला अत्याधिक मतसहित विजयी
पोखरा : जिल्ला सहकारी संघ, कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित हुनुभएको छ ।
कोइराला अत्याधिक मत (१९८) सहित विजयी हुनुभएको हो । संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना प्रतिस्पर्धामा थिए । अध्यक्ष पदमा बलराम गौतमले ७८ मत र धर्म अर्यालले ३६ मत पाएका थिए ।
कोइराला नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय प्रतिनिधिमा दिपक प्रकाश आचार्य निर्वाचित हुनुभएको छ । प्रदेश सांसद समेत रहनुभएका प्रभा कोइरालालाई पछि पार्दै आचार्य अत्यधिक मत सहित निर्वाचित हुनुभएको हो । आचार्यले २१४ मत प्राप्त गर्नुभएको भने कोइरालाले मात्र ८६ मत प्राप्त गर्नुभयो ।
शनिवार भएको निर्वाचनमा कुल ३२२ मत खसेको थियो । संघको ४७ औं साधारणसभामा एक जना विषयगत संघहरुको तर्फबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको थियो । विषयगत जिल्लासंघहरुको तर्फबाट कफि सहकारी संघबाट आनन्द सुबेदी निर्वाचित हुनुभयो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दिपक बाँस्तोला निर्वाचित हुनुभएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार