बढी ब्याज लिने र ब्याजलाई पूँजीकरण गर्ने सहकारीलाई ६ लाख जरिवाना
काठमाडौं : बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संघ/संस्थालाई प्रचलित कानून कार्यान्वयनमा कडाई गर्ने भएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै कानुन कार्यान्वयनमा जोड दिएको छ । सहकारी संघ/संस्थाहरुले प्रचलित सहकारी कानुनको प्रतिकूल हुनेगरी काम गरेमा ६ लाखसम्म जरिवाना गर्ने चेतावनी सहकारीलाई दिएको छ ।
सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कारोबार गरेमा, सदस्यसँग बढि ब्याज लिएमा र ब्याजलाई साँवामा पूँजिकृत गरेको पाइएमा ६ लाखसम्म जरीवाना गर्ने जनाएको छ । पौष २९ गते मन्त्रालयको सचिव स्तरिय प्रकाशन गरेकोे निर्णय अनुसार ३ हजारदेखि ६ लाखसम्म जरिवाना महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।
सहकारीले लेखापरिक्षण प्रतिवेदन, साधारण सभाको निणर्यको प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी प्रत्येक आर्थिक वर्षको माघ मसान्त भित्र बुझाईसक्नुपर्ने लगायतको विवरण सूचनामा उल्लेख गरेको छ ।
लेखापरिक्षण प्रतिवेदन तयार भई साधारण सभाबाट अनुमोदन समेत गरेको, कर चुक्ता भएको तर विवरण नबुझाउने संघ संस्थाको हकमा प्रत्येक आवको बढीमा ३ हजार को दरले जरीवाना हुने जनाएको छ ।
कानुन कार्यान्वयन नगर्ने सहकारीलाई कारबाही गरिने बागमती प्रदेश सहकारी रजिष्ट्रार विक्रम पाण्डेले जानकारी दिनुभयो । समयमै विवरण बुझाउन समेत उहाँले सहकारीलाई आग्रह गर्नुभएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार