२ अर्ब सेयर पूँजी रहेको नेपाल सहकारी बैंक आउँदै, माघ १७ गते प्रारम्भिक भेला
काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । देशभरी कै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भईरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।
करिब १ हजार सहकारी संस्थाका प्रतिनिधित्व हुनेगरी कार्यक्रमको तयारी गरिएको छ । भेलाको लागि कार्की ब्यांकेटसमेत बुक भैसकेको छ । बैंक स्थापनाकालागि आवश्यक भन्दा बढीनै फाइल संकलन भइसकेकोले दार्ता प्रकृया अघि बढाउन प्रारम्भिक भेला हुने भएको हो ।
नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । ‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उहाँले भन्नुभयो, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं ।’ बैंक स्थापनाको लागि ७ सयभन्दा बढी सहकारी संस्थाबाट सेयर प्रतिवद्धता प्राप्त भएको र भेलापछि दर्ताका लागि सहकारी विभागमा पेश गर्ने उहाँले बताउनुभयो ।
प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी २ अर्ब रुपैयाँ हुने उहाँले बताउनुभयो ।
सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । देशभर २९ हजार ८ सय सहकारी संस्था सञ्चालनमा रहेकोमा सहकारी बैंकमा १२ हजार मात्र सदस्य रहेका छन् । सरकारको समेत सेयर रहेको बैंकको पुँजी २ अर्ब २२ करोड, निक्षेप ४६ अर्ब ८८ करोड र कर्जा तथा लगानी २७ अर्ब १५ करोड रहेको छ । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । सहकारी बैंकका अतिरिक्त केन्द्रीय र जिल्ला सहकारी संघहरूले पनि वित्तीय कारोबार गर्दै आएका छन् । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था राखिएको छ ।
ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा उल्लेख छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । सञ्चालनमा रहेको सहकारी बैंकलाई अन्य संस्थाका रूपमा वित्तीय कारोबार गर्ने अनुमतिपत्र दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार