३० असार २०८३, मङ्गलबार

सहकारी अभियन्ता बैकुण्ठ मिश्र सम्मानित

२०७७ पुष २७, सोमबार
सहकारी अभियन्ता बैकुण्ठ मिश्र सम्मानित

विदुर : नुवाकोट जिल्लाको सहकारी क्षेत्रमा योगदान पुर्‍याएकोमा “पञ्चकन्या सहकारी सम्मान”बाट सहकारी अभियन्ता बैकुण्ठ मिश्र सम्मानित हुनुभएको छ ।

पञ्चकन्या बचत तथा ऋण सहकारीको २१औं साधारणसभाको अवसरमा प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले मिश्रलाई सम्मान गर्नुभएको हो । सम्मानित मिश्र जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

सहकारीका अध्यक्ष श्रेष्ठले जिल्लामा सहकारी अभियानमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई गतवर्षबाट १० हजार नगद राशी रहने “पञ्चकन्या सहकारी सम्मान”को सुरुवात् गरिएको सहकारीका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

समारोहमा आव २०७६र७७ मा असल ऋण कारोबार गरेकोमा रामबहादुर श्रेष्ठलाई “उत्कृष्ट ऋणी सदस्य” र असल बचत गरेकोमा भारतप्रसाद अर्याललाई “उत्कृष्ट बचतकर्ता सदस्य”बाट सम्मान गरेको छ ।

सहकारीको कूल सेयर पुंजी ७५ लाख ६ हजार ४०० रहेको छ । आव २०७६र७७ मा सहकारीले ७ करोड ६४ लाख ६७ हजार ६०७ निक्षेप संकलन गरेको छ । यस्तै, सहकारीले यसवर्ष २ करोड ८२ लाख १४ हजार ७४७ रुपैंयाँ कर्जा लगानी गरेको छ भने कुल आम्दानी १ करोड ३६ लाख ८३ हजार ४३७ रुपैंयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय