मिलिजुली कालिञ्चोक साकोसको २७ औं साधारण सभा सम्पन्न
दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले पुस २ गते जिल्लाका बिभिन्न ५ वटा एफएमहरु बाट र फेसबुक प्रत्यक्ष प्रसारण मार्फत् वर्षिक प्रतिवेदन वाचनको व्यवस्था मिलाएको थियो भने सोही दिन संस्थाको वेबसाइटमा प्रतिवेदन राखेको थियो ।
शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन बितरण गर्न र उपस्थिति गराउन बिभिन्न ६० स्थानमा केन्द्र ब्यवस्थापन गरिएको थियो । उपस्थिति केन्द्रमा उपस्थिति गराईएको मितिले ७ दिन सम्म संस्थालाई सुझाव दिनको लागि शेयर सदस्यहरुलाई समय प्रदान गरिएको थियो ।
उक्त समयमा आएका सुझावहरु संस्थाको सञ्चालक समितिको बैठकमा छलफल गरी ऐन नियमको परिधि भित्र रहेर संस्थाको आवश्यकता अनुसार निर्णयमा समावेश गरीएको छ ।
२०७७ भदौं ७ गते संस्थाको २८ औं स्थापना एवं कारोबार दिवसमा घोषणा गरेको बिभिन्न ३० विधाको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम समेत संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम बार्षिक साधारणसभा समापन कार्यक्रमको अवसरमा सम्पन्न गरेको छ ।
सम्मान बितरण कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का हुनुहुन्थ्यो । यसैगरी अतिथिहरुमा जिल्ला सहकारी संघ दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक रत्न बहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकबाट श्याम प्रसाद दाहाल लगायत हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार