‘सहकारीलाई विधिसम्मत सञ्चालन गर्न बौद्विक व्यक्तिहरुले ध्यान दिनुपर्छ’
बागलुङ : राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई विधिसम्मत सञ्चालनका लागि वौद्धिक व्यक्तिहरुको प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिनु भएको छ ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बौद्धिक व्यक्तिहरुले सञ्चालन गरेका सहकारी संस्थाहरुले सहकारीको मुल्य र मान्यता अनुसार सञ्चालन नभएका सहकारीलाई समेत सजग बनाउनुपर्ने बताउनुभएको छ । शिक्षकहरुले आम व्यक्तिहरुलाई समेत सहकारीमा आकर्षण गर्ने गरि सहकारी सञ्चालनमा ल्याउनुपर्र्नेमा जोड दिदैं उहाँले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोरोना महामारी पछि देशभरका सहकारीमा तरलता वृद्धि हुन थालेको भन्दै सदस्यहरुलाई सक्रिय बनाएर नयाँ योजना बनाएर कर्जा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । जिसीले पछिल्लो समय सहकारीहरुले शेयर सदस्यको संख्यामा भन्दा शेयर पूँजी वृद्धिमा जोड दिएको भन्दै स्वस्थ सहकारी निर्माण अभियानमा यसले खराब प्रभाव पार्ने बताउनुभयो । उहाँले शेयर पूँजी वृद्धिको तुलनामा शेयर सदस्य वृद्धि, कर्जा, बचतमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
साधारण सभामा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले साधारण सभाको दिन संस्थाका सबल र कमजोर पक्षमाथि सदस्यहरुले गम्भिर भएर छलफल गर्नुपर्ने बताउनुभएको थियो । सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य टिकाराम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश उपाध्यक्ष गंगा कुमारी शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका नगर कमिटि अध्यक्ष थानेन्द्र प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य टेकनाथ आचार्य र मिन बहादुर थापालाई सम्मान गरिएको थियो । त्यसैगरी शिक्षक सेवा आयोगद्वारा सञ्चालित परिक्षामा सहभागी भएर स्थायी भएका संस्थाका शेयर सदस्यहरु शान्ति देवी शर्मा, राजेन्द्र प्रसाद आचार्य, चित्र बहादुर कार्की, विष्णु कुमारी शर्मा, कौशिला सुवेदी शर्मा, मञ्जु थापा, गणेश थापा, उमादेवी शर्मा, सिता गौतम, गणेश थापा, उमा कुमारी सुवेदी, सुरेश सुनार र राजु हमाललाई सम्मान गरिएको थियो ।
४ सय ४० जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७६÷०७७ मा ९१ लाख २९ हजार ५ सय रुपैयाँ शेयर पूँजी, ८८ लाख ६२ हजार ६ सय ५६ निक्षेप संकलन, ९९ लाख ९८ हजार ९ सय ४६ रुपैयाँ बचत फिर्ता र १ करोड १७ लाख ५८ हजार ७ सय ७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका सचिव होमथान गौतमले जानकारी दिनुभयो ।
साधारण सभाको बन्द सत्रले सचिव होमथान गौतमले प्रस्तुत गरेको प्रगती प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हरिराम अधिकारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ । साधारण सभाको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष महेन्द्र बहादुर कार्कीको स्वागत र सचिव होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको छ ।
साधारणसभाले दिनेश अधिकारी अध्यक्ष रहेको १३ सदस्यीय सञ्चालक समिति र दयाराम रेग्मी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा महेन्द्र बहादुर कार्की, सचिव होमनाथ गौतम, सहसचिव शान्ति भण्डारी र कोषाध्यक्षमा बालकृष्ण सापकोटा रहनु भएको छ । समितिका सदस्यहरुमा फडिन्द्र आचार्य, नेत्रराज सिलवाल, डिल्लीराज उपाध्याय, चित्र बहादुर केसी, कृपा पौडेल, भूमिराज गौतम, गंगा कुमारी शर्मा र सन्तोष पौडेल रहनु भएको छ ।
लेखा समितिका सदस्यहरुमा इन्द्रा खड्का र शान्तमणी ढकाल चयन भएको निर्वाचन संयोजक दिपक गौतमले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार