सीतापाईला सहकारीले आधुनिक कृषि फर्म, होमस्टे लगायतको परियोजना संचालन गर्ने
काठमाडौं : काठमाडौंको सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय परियोजना संचालन गर्ने भएको छ । संस्थाले आधुनिक कृषि फर्म तथा होमस्टेलगायतको परियोजना संचालन गर्ने भएकोे हो ।
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीको विशिष्ठ आतिथ्यतामा शनिबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष केदार मानन्धरले आर्थिक वर्ष ०७६/०७७ को प्रगती प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले आगामी दिनमा बहुउद्देश्यीय परियोजना अन्तर्गत होम स्टे प्रवद्र्धन, नेट टि.भी सम्बन्धि कार्य तथा स्थानिय कृषक तथा सदस्य कृषकहरुको लागि शितगृह सञ्चालन गरि उनीहरुको आय बृद्धि गर्ने बताउनुभयो । आधुनिक कृषि फर्म सञ्चालन गर्न कम्तिमा ३० देखि ५० रोपनी जग्गा खरिद गर्न बिशेष कार्ययोजना निर्माण गरिने उहाँको भनाई छ। होम स्टेको लागि पहिलो चरणमा, नागार्जुन नगरपालिका वडा नं. ८ मा रहेको भिमढुंगाको थाप्ले गाउंलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा बिकास गर्न १ रोपनी १३ आना जग्गामा होम स्टे प्रबद्र्धन गर्ने लक्ष्य लिएको सभामा जानकारी गराउनुभयो ।
त्यसैगरी दोश्रो चरणमा संस्थामा आबद्ध महिला समुहसंग संयोजन गरि परम्परागत शैलीबाट घरहरु निर्माण गरि होम स्टे सञ्चालन गर्ने र उक्त तामाङ बस्तीमा निर्माण हुने नयाँ घरहरुलाई पनि होम स्टेको रुपमा परिणत गर्न प्रेरित गरि आय आर्जन र पर्यटकिय स्थलको रुपमा बिकास गर्ने अवधारणा लिएको उहाँले बताउनुभयो । सहकारी संस्थाहरुले उत्पादन गरेका खाद्यान्न तथा उपभोग्य वस्तुहरुको प्रशोधन तथा बजारीकरण गर्न संस्थाले उपभोक्ता सहकारी बजार, भण्डारण र चिस्यान केन्द्र सञ्चालन गर्न परियोजना तयार गरि सञ्चालन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
संस्थाले गत आर्थिक बर्ष देखि विष्णु देवी माध्यामिक विद्यालय तीनथानाका छात्र सिन्की थामी, चुनदेवी माध्यामिक विद्यालय, थानकोटका छात्राहरु सुप्रिया लामा र सुस्मा लामा, जनउद्धार माध्यामिक विद्यालय छात्रा प्रेनिका तामाङ समेतगरि ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । संस्थाका सदस्यको छोराछोरी, जेहन्दार र गरिव विद्यार्थीहरुलाई प्राथमिकता दिइ छनोट भएका विद्यार्थीहरुलाई एसइईसम्म सहयोग गर्ने संस्थाले जनाएको छ ।
बन्दाबन्दीकै समयमा विभिन्न उपायहरु अवलम्वन गरि सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर सदस्यलाई नगद भुक्तानी सेवा प्रदान गरेको र कर्मचारीलाई अनकल ड्युटीमा राखी, क्षेत्रगत जिम्मेवारी सहित २ लाखसम्म बचत भुक्तानीको प्रबन्ध गरेको, एटिएम सेवा, रकम ट्रान्सफर सेवा प्रदान गरेको सभामा जानकारी गराउनुभयो । संस्थाले सञ्चालन गरेको विद्युतीय माध्यमहरु एटिएम, मोबालईल बैंकिङलगायतको सेवा अत्यन्त उपयोगी भएको बताईएको छ ।
सभामा अध्यक्ष मानन्धरले सदस्यहरुको मृत्युमा सामाजिक संस्कारको लागि निजको परिवारलाई काजकृया खर्च सहयोगबापत प्रत्येक सदस्यलाई १० हजार प्रदान गरिएको । मातृशिशु कल्याण कार्यक्रम अन्तर्गत ३२ जना शेयर सदस्य प्रसुती हुँदा २ हजार ५ सयका दरले सहयोग प्रदान गरेको बताए । त्यसैगरी विद्यार्थी साक्षरता कक्षा, छात्रवृत्ति तथा विद्यार्थी बचत क्लब गठनलाई हाल विष्णुदेवी माध्यामिक विद्यालय तीनथाना, चुनदेवी माध्यामिक विद्यालय थानकोट, बालबोध माध्यामिक विद्यालय भिमढुंगा, जनउद्धार माध्यामिक विद्यालय सीतापाईलामा निरन्तर सञ्चालनमा रहेको र रत्नराज्य माध्यामिक विद्यालय रामकोटमा पनि साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा शेयर सदस्य ७ हजार ४ सय र लघुवित्त महिला समुह केन्द्र ९० समुह पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा निक्षेप १ अर्ब १० करोड र शेयर पूँजी ७ करोड ४० लाख संकलन गर्ने लक्ष संस्थाले लिएको छ । त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब ५ करोड कर्जा लगानी गर्ने लक्ष्य लिएको छ । संस्थाले ज्येष्ठ नागरिक भेला गरि निक्षेपको आधारमा दशैं खर्च प्रदान गर्ने गरेको र कार्यक्षेत्र भित्रका नगरपालिकाहरुसंग समन्वय गरि संघसंस्था, बिद्यालयहरुसंग सहकार्य गरी नागरिक सम्मान, रक्तदान, सरसफाई, स्वास्थ्य शिविर खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरु संचालन गरिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार