जनसचेतन साकोसमा नयाँ सञ्चालक समिति
चरिकोट : दोलखा जिल्लाको सबै भन्दा ठुलो सहकारी जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
२५औं साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । साधारण सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । संचालक समितिको बरिष्ठ उपाध्यक्षमा गोपालध्वज श्रेष्ठ, महिला उपाध्यक्षमा स्वंस्थानी कुंवर, सचिबमा कमलबहादुर दहाल, सहसचिवमा शिवराम ढकाल र कोषाध्यक्षमा भरत केसी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा शरदचन्द्र सापकोटा, शेरबहादुर भुजेल चयन हुनुभएको छ । सभाले मिनप्रसाद दहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । संस्थाका अध्यक्ष भिमप्रसाद दहालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्नसभामा संस्थाको आर्थिक वर्ष ०७६/०७७को बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाले विभिन्न २४ प्रकारको बचत सेवाहरु र १४ प्रकारमा ऋण सेवा प्रदान गरेको जनाइएको छ ।
संस्थाले निशुल्क रूपमा मोबाईल बैंकिङ, सदस्य सुरक्षा कोष, मनि ट्रान्सर्फर, ईलेक्टोनिक्स पेमेन्ट, लघुवित्त सेवा, छात्रवृत्ति, स्वास्थ उपचार, किरिया खर्च, आजिवन साहारा भत्ता लगाएत १३ प्रकारका विभिन्न गैरवित्तिय सेवाहरु प्रदान गर्दै आएको सभामा जानकारी गराइएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल २८ हजार ६ सय ७७ जना सदस्य रहेका छन भने ४७ जना कर्मचारी तथा १४ वटा सेवाकेन्द्र रहेका छन् ।साकोस सिल्भर ब्राण प्राप्त सहकारी हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार