विकूले थप्यो एटिएम मेशिन, अब दलदले सेवा केन्द्रबाट पनि ३६५ दिने सेवा
गैंडाकोट : नेपालको सहकारी ईतिहासमा पहिलो पटक एटिएम सेवा सुरुवात गरेको विकू बचत तथा ऋण सहकारी संस्थाले दलदले सेवा केन्द्रमार्फत चौंथो एटिएम सेवा सुरु गरेको छ । त्यस्तै संस्थाले उक्त सेवा केन्द्रबाट ३६५ दिने बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शनिबार देवचुली–१३ दलदले बजारमा रहेको दलदले सेवा केन्द्रबाट एटिएम सेवा साथमा ३६५ दिने बैंकिङ सेवा को शुभारम्भ गरेको हो ।
सेवा शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले विकू देवचुली नगरपालिकाको गहनाको रुपमा रहेको बताउनुभयो । विकूले शेयर सदस्यहरुलाई उच्च प्रविधियुक्त गुणस्तरीय वित्तिय तथा गैरवित्तिय सेवा प्रवाह गरेको बताउनुभयो । एटिएम सेवा विस्तार तथा ३६५ दिने बैंकिङ सेवाले देवचुली नगर बासी, शेयर सदस्य, व्यावसायी, उद्यमी सवैलाई लाभाविन्त गर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं देवचुली नगरपालिकाका उप–प्रमुख पार्वता तिवारीले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने भएकोले विपन्न समुदायमा पुँजी लगानी गरि उद्यमी तथा व्यवसायी बनाउन आवश्यक रहेको बताउनुभयो । सहुलियत दरमा लगानी गरि यहाँका विपन्न समुदायको आर्थिक सशक्तिकरण हुने गरि कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रमका अध्यक्ष विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले एक वर्ष अघिदेखी नै दलदले सेवा केन्द्रमार्फत सेवा दिदै आएको भएपनि यहाँको माग र आवश्यकता अनुसार सेवा विस्तार गरिएको बताउनुभयो । नगरपालिकासँग सहकार्य गरि यहाँका निम्न वर्गका समुदायका व्यक्तिको आर्थिक उन्नतीका लागि विकूले लगानी गर्ने उहाँले बताउनुभयो । ५० पैसाबाट शुरु भएको विकूको हाल करिब ७ अर्ब पुँजी १९ वटा सेवा केन्द्र, ८० हजार शेयर सदस्य पुगेको जानकारी दिनुभयो ।

दलदले सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक तेजप्रसाद न्यौपानेले विकू सदस्यमैत्री कार्यक्रमलाई निरन्तरता दिदैं सहज सेवा प्रदान गर्ने बताउनुभयो ।
संस्थाले यसअघि कावासोती–३, गैंडाकोट ४ र केन्द्रीय कार्यालय गैंडाकोट ८ बाट एटिएम सेवा तथा केन्द्रीय कार्यालय, कालिगण्डकी, हर्कपुर र कावासोती सेवा केन्द्र बाट ३६५ दिने बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपालभरी रहेका बैंक तथा वित्तीय संस्थाहरुको एटिएमबाट रकम निकाल्न सकिने साथै नेपालभर जुनसुकै एटिएमबाट कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने विकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा विकूका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, संचालक सदस्य, सेवाकेन्द्र व्यवस्थापन उपसमिती, स्थानिय जनप्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि,स्थानिय सामाजिक व्यक्तित्वहरु, शेयर सदस्य लगाएत संस्थाको उच्च व्यवस्थापनको उल्लेख्य उपस्थिती रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार