३० असार २०८३, मङ्गलबार

एकता सहकारीको २२औं साधारण सभा सम्पन्न, ३ वटा सहकारी एकीकरण प्रस्ताव पारित

२०७७ पुष २५, शनिवार
एकता सहकारीको २२औं साधारण सभा सम्पन्न, ३ वटा सहकारी एकीकरण प्रस्ताव पारित

बागलुङ : एकता सहकारी संस्था, बागलुङको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुबप्रसाद शर्माको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका सचिव महेशचन्द्र प्रधानले आ.व ०७६/७७ को प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले आ.व ०७६/७७ को आर्थिक प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
आ.व ०७६/७७ मा संस्थाले ९४ करोड ८४ लाख ९३ हजार २५७ पैसा २३ को कारोबार गरेको थियो ।

८ सय ८१ जना सदस्य रहेको संस्थाको शेयर पूँजी ७ करोड ३६ लाख ८२ हजार रहेको छ । त्यस्तै विभिन्न कोषहरुमा ३ करोड ५ लाख २२ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले २३ करोड ९५ लाख ४४ हजार निक्षेप संकलन गरी २१ करोड ७२ लाख २० हजार लगानी गर्न सफल भएको थियो । संस्थाको कुल सम्पत्ति ३५ करोड ६४ लाख २८ हजार रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७६ लाख २४ हजार नाफा आर्जन गरेको छ ।

संस्थाले सदस्यहरुको मृत्युमा राहत (शेयर सदस्य स्वयं मृत्यु भएमा ३५ हजार सम्म र शेयर सदस्यहरुको परिवाजनको मृत्युमा २० हजार सम्म) वितरण गर्दै आएको छ । यस वर्ष शेयर सदस्य ९ जना र शेयर सदस्यहरुको परिवारजनको १६ जनालाई ४ लाख १५ हजार राहत संस्थाले वितरण गरेको छ । कोरोनाको कारण संस्थाका शेयर सदस्यहरुको ब्याजमा छुट, जरिवाना १०० प्रतिशत छुट समेत संस्थाले गरेको थियो ।

साधारण सभाले एकिकरणको प्रस्ताव पारित समेत पारित गरेको छ । कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी, बागलुङ बहुउद्देश्यिय सहकारी संस्था र न्यूलाईफ उपभोक्ता सहकारी संस्था बी एकीकरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड ४७ कारोबार गर्ने र १ करोड ७७ लाख ६४ हजार नाफा कमाउने लक्ष्य संस्थाले राखेको छ ।

साधारण सभाको सञ्चालन संस्थाका सचिव महेशचन्द्र प्रधानले गर्नुभएको थियो भने उद्घाटन संस्थाका संरक्षण देबबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

संस्थाका सञ्चालक एवं शिक्षा उपसमिति संयोजक महेन्द्रप्रसाद कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै बागलुङ बहुउद्देश्यिय सहकारी संस्था लि. बागलुङका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अभिलेख

लोकप्रिय