३० असार २०८३, मङ्गलबार

चन्द्रागिरि साकोसको १९ औं साधारणसभा: ७८ प्रतिशत सदस्यको सहभागिता, अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

२०७७ पुष २५, शनिवार
चन्द्रागिरि साकोसको १९ औं साधारणसभा: ७८ प्रतिशत सदस्यको सहभागिता, अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । १४ गतेबाट सुरु भएको साधारण सभा उपस्थिति खुल्ला सभा र निर्णय प्रमाणिकरण सभा गरी २ चरणमा सम्पन्न भएको हो ।

पौष २४ गतेसम्म दैनिक १ हजार जनाको दरले उपस्थिति दर्ता गर्न सकिने गरी उपस्थिति खुल्ला गरिनुको साथै प्रतिवेदन वितरण र सुझाव संकलन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाकारी दिनुभयो । उपस्थिति खुल्ला सभामा ७८ प्रतिशत सदस्यहरुले उपस्थिति दर्ता गराउनु भएको श्रेष्ठले जानकारी दिनुभयो । उपस्थिति खुल्ला सभाबाट निर्णय प्रमाणिकरण गर्नको लागि दैनिक ३ जनाको दरले छनौट भएका सदस्य प्रतिनिधिहरुको सभागीतामा पौष २५ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो ।

२५ गते सम्पन्न सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । नव निर्वाचित सञ्चालक समितिमा अध्यक्ष योगेन्द्रकुमार कुँवर, उपाध्यक्ष सूर्यनारायण मानन्धर, सचिव अच्युतकुमार कार्की, सह–सचिव शरद कुँवर, कोषाध्यक्ष मिना कुमारी पाठक निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी बहादुर महर्जन, दिलकुमारी महर्जन, गोविन्द बस्नेत, लक्ष्मी महर्जन, रबिना महर्जन र सुवास श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिमा संयोजक भानु प्रकाश ढकाल, सदस्यहरुमा इन्द्रबहादुर महर्जन र सुष्मा कुँवर निर्विरोध निर्वाचित हुनु भएको छ । समितिहरुमा महिला र ३५ वर्ष भित्रको युवा सदस्यको प्रतिनिधित्व रहने नीतिगत व्यवस्था गरी सो अनुरुपको समावेसीपूर्ण सञ्चालक र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ ।

लामो समय तत्कालिन डिभिजन सहकारी कार्यालयमा प्रमुख रहनु भएका केशव बहादुर थापाको संयोजकत्वमा गठिन निर्वाचन उप समितिले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुको साथै सपथ ग्रहण गराएको थियो ।

२०५८ साल बैशाख ६ गते सिमित व्यक्ति र पुँजीबाट सुरु भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पछिल्लो प्रतिवेदन अनुसार १२,३१२ जना शेयर सदस्य र २ अर्ब ३० करोडको कुल सम्पत्ति रहेको छ ।

आधुनिक प्रविधिहरुको समुचित उपयोग गर्दै संस्थाले स्मार्ट बैंकिंग सेवा स्वरुप चन्द्रागिरि एम।सर्भिस र एटिएम सेवाको साथै विभिन्न सदस्य सुरक्षाको सेवाहरु प्रदान गर्दै आईरहेकोछ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलज्यूको प्रमुख आतिथ्यता रहेको उक्त सभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी विशिष्ट अतिथि रहनु भएको थियो ।

अभिलेख

लोकप्रिय