जलवायु अनुकुलनमा सहकारीको भूमिका विषयक अन्तक्रिया
काठमाडौं : जलवायु अनुकुलनमा सहकारीको भूमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जलवायू अनुकुलनमा सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुती गर्नुभएको थियो ।
त्यसैगरी जलवायु कार्यमा सहकारी तथा सदस्यहरुको अर्थपूर्ण सहभागिता विषयमा प्यानल छलफल भएको थियो । सो प्यानल छलफलको मोडोरेसन महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले गर्नुभएको थियो । प्यानलिष्टमा युएनडीपीका सहायक आवासिय प्रतिनिधि विजय सिंह, वातावरण विभागकी हसना श्रेष्ठ, इसिमोडकी इको सिस्टम एनालिष्ट इरीका उदास, केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेल रहनुभएको थियो । कार्यक्रमममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालकहरु,सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत रणबहादुर थापा, वन तथा वातावरण मन्त्रालयका सोमनाथ गौतम, केन्द्रीय विषयगत सहकारी संघका पदाधिकारी तथा प्रारम्भिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा विभिन्न विकास साझेदार संघ÷संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार