३० असार २०८३, मङ्गलबार

साहस बचतको अध्यक्षमा बलराम पाठक

२०७७ पुष २०, सोमबार
साहस बचतको अध्यक्षमा बलराम पाठक

काठमाडौं : नयाँबजार स्थित साहस बचत तथा ऋण सहकारी संस्था लि।को १०औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष होमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संस्थाले आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति अध्यक्षमा बलराम पाठकलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा वरिष्ठ अधिबक्ता ठाकुर रमण आचार्य, सचिवमा तारालाल धरेल, कोषाध्यक्षमा राजन प्रसाद धमला, सदस्यहरुमा केशव सापकोटा, रघुनाथ बशिष्ठ र रेखा न्यौपाने रहनु भएको छ । दिवाकर बशिष्ठको संयोजकत्वमा लेखा समिति चयन भएको छ जसमा खेमकुमारी भुर्तेल “उर्मिला” र योगेन्द्र श्रेष्ठ सदस्यहरु रहनुभएको छ ।

अधिवक्ता भुवन वाग्लेको संयोजकत्वमा रहेको निर्वाचनमा उपसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

साधारण सभामा कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आगामी दिनहरुमा सहकारीका शेयर सदस्यहरुको मनोभावनालाई बुझेर सदस्य तथा शेयर सदस्यहरुको कार्य गर्ने प्रतिवद्धता नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष वलराम पाठकले व्यक्त गर्नुभयो ।

अभिलेख

लोकप्रिय