कहाँ हराए ४ हजार ९ सय ५१ वटा सहकारी ?
काठमाडौं : केही वर्ष मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी स्थापना भएको प्रतिवेदन सहकारी विभागले तयार पारेको थियो ।
तर, आज विभागले सार्वजनिक गरेको तथ्यांकमा २९ हजार ८ सय ८६ वटा प्रारम्भिक सहकारी संस्थाहरु रहेका छन् । नयाँ तथ्यांक अनुसार मुलुकमा ४ हजार ९ सय ५१ वटा सहकारी संस्था घटेको देखिएको छ ।
सहकारी विभागले आज गत साउन देखि कात्तिक सम्म सातै प्रदेश तथा स्थानीय तहहरुसंगको सहकार्यमा तयार पारेको तथ्याङ्क सार्वजनक गरेको छ ।
यसैगरी विभागले मुलुकमा २० वटा विषयगत केन्द्रीय संघहरू, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको जनाएको छ ।
‘कतिपय सहकारी संघ/संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निश्कृय रहेको कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम भएको प्रारम्भिक आकलन गरिएको’ विभागले जनाएको छ ।
‘शुन्य लागतमा देशभरका ७ वटै प्रदेश तथा ७ सय ५३ स्थानीय सरकारको सहकार्यमा विवरण तयार गरिएको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार