३० असार २०८३, मङ्गलबार

सबैभन्दा धेरै लाभांश दिने सहकारी बन्यो नवकान्तिपुर

२०७७ पुष २०, सोमबार
सबैभन्दा धेरै लाभांश दिने सहकारी बन्यो नवकान्तिपुर

काठमाडौं : बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको २३ औं बार्षिक साधारण सभाले १८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

२०७४ सालको सहकारी ऐनले सदस्यलाई १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने व्यवस्था गरेको थियो । विगतका वर्षमा पनि संस्थाले अधिकतम लाभांश सदस्यलाई वितरण गर्दै आएको छ । धेरै कम मात्रका सहकारीले मात्र यस वर्ष १८ प्रतिशत लाभांश वितरण गरेका छन् ।

सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक वर्ष ०७६÷७७को असार मसान्त सम्ममा कुल निक्षेप २ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६ सय ४ रुपैंया रहेको र कर्जा लगानी १ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८ सय ८५ रुपैंया पुगेको जानकारी गराउनुभयो । संस्थाको चुक्ता पूँजि ७ करोड ४ लाख ९० हजार ५ सय रुपैंया, जगेडा तथा अन्य कोषहरु १८ करोड २० लाख ८१ हजार १ सय ५५ रुपैंया रहेको र संस्थाको सञ्चालन मुनाफा ३ करोड ९४ लाख ४५ हजार ३ रुपैंया भएको छ ।

कार्यक्रममा संस्थाले १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहेका ११जना कर्मचारीहरुलाई जनही ७५००१ नगद पुरस्कार सहित नवकान्तिपुर दीर्घ सेवापदक २०७७ द्धारा पुरस्कृत गरेको थियो ।

अभिलेख

लोकप्रिय