सहकारीलाई जग्गा र भवन निर्माण गर्न १५ लाखदिने घोषणा
बारा : जिल्लाको कलैया उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतीसरको प्रथम बार्षिक साधारणसभा शनिबार मनगढवामा सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी समेत रहनु भएका यादवले सहकारी मार्फत कृषि क्षेत्रमा कान्ती गर्न सकिने धारणा राख्नुभयो । वहाँले महिलाहरुको अगुवाईले समाज समृद्ध हुन समय नलाग्ने भन्दै महिलाहरुले संचालनमा ल्याएको साना किसान कृषि सहकारीको विकास र सेवा विस्तारमा उपमहानगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो । वहाँले मल,विल विषादी बिक्रिका लागि डिलर तथा संस्थाको भवन निर्माणका लागि १५ लाख रुपैंया बजेट दिने घोषण समेत गर्नु भएको छ ।
यस्तै कार्यक्रममा साविक मोतीसर गाविसका भुतपुर्व अध्यक्ष धुरुव प्रसाद यादवले संस्थाको कार्यालय स्थापनाका लागि उपयूक्त स्थानमा बढिमा एककठ्ठा जमिन दिने कार्यक्रममा घोषणा गर्नु भएको छ । पूर्वजनप्रतिनी यादवले सामाजिक विकासमा महिलाको अगुवाई, स्थानिय रोजगारी सृजनामा सहकारीले खेल्न सक्ने भुमिकामा मद्द गर्न जग्गा उपलब्ध गराउन चाहेको बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ प्रदेश नं.२ का सचिव एवं कलैया उपमहानगरपालिका २१का वडा अध्यक्ष पुनदेव प्रसाद रौनियारले साना किसान अभियान भरपर्दो स्थानिय संस्था भएको बताउनु भयो । धेरै महिला सदस्यहरुको सहभागिता रहेने साना किसान कार्यक्रम देशभर उत्कृष्ठ अभियानका रुपमा परिचीत रहेको भन्दै स्थानिय सरकारले हातेमालो गर्दै आफ्ना तमाम कार्यक्रमा विश्वासका साथ सहकार्य गर्नु पर्ने बताउनु भयो ।
सभामा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, कलैया उपमहानगरपालिका १८का निमित्त वडा अध्यक्ष राजकुमार साह, सहकारी पत्रकार समाज, बाराका अध्यक्ष पुष्पराज खतिवडा, ईन्सेक प्रतिनीधि भोलानाथ पौडेल, स्थानिय समाजसेवीहरु शर्मा बैठा, परमानन्द प्रसाद गुप्ता, सुरेन्द्र चौरसिया, उमाशंकर चौरसिया,हिर्दय नारायण महत्तो, सुनैना देवी लगायत ३ दर्जनबढी स्थानिय समाजिक अगुवा तथा ४ सय बढि सदस्यहरुको सभागिता रहेको थियो ।
४ सय ४६ महिला सदस्य रहेको मोतिसर साना किसानले करिब सवा करोड कारोबारबाट ३ ला ५६ हजार मुनाफा गरेको जनाएको छ । उक्त मुनाफाबाट आफ्ना सदस्यहरुलाई १० प्रतिशतका दरमा मुनाफा वितरण गर्ने सभाले निर्णय समेत गरेको छ ।
सभाले अध्यक्ष वदन देवीको संस्थागत प्रतिवेदन, कर्मचारी परमानन्द प्रसाद चौरसियाको प्रगती एवं आय ब्याय प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
कार्यक्रम संस्था अध्यक्ष बदन देवीको अध्यक्षता संचालक सारदा देवीको स्वागत एवं संचारकर्मी तथा सहकारीका सल्लाहकार अनिल गौरवको संचालनमा सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार