३० असार २०८३, मङ्गलबार

संगम बचतको १६ औं साधारण सभा सम्पन्न, १७.५२ प्रतिशतले बढ्यो निक्षेप

२०७७ पुष १६, बिहिबार
संगम बचतको १६ औं साधारण सभा सम्पन्न, १७.५२ प्रतिशतले बढ्यो निक्षेप

नुवाकोट : विदुर नगरपालिका–४, वट्टार स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ९ गतेबाट सुरु भएको साधारण सभा पुष १५ गते (वुधबार) सम्पन्न भएको हो ।

संस्थाले भर्चुअल माध्यम फेसवुक लाईभ तथा नुवाकोट एफ.एम लाइभ गरी क्षेत्र अनुसार विभिन्न मिति र समयमा शेयर सदस्यहरु उपस्थिति गराई साधारण सभा सन्पन्न गरिएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ मा २० करोड ४५ लाख ५२ हजार ६५७ रुपैंयाँ निक्षेप दायित्व रहेको छ । संस्थाको आयोजित १६ औं बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले गत वर्षभन्दा यस बर्ष १७.५२ प्रतिशतले निक्षेप बृद्धि भएको बताउनुभयो । यस्तै ऋण लगानीमा १०.५१ प्रतिशतले बृद्धि भइ १७ करोड ७० लाख ३० हजार ५६७ पुगेको छ र जगेडाकोष तथा अन्यकोषहरुमा १ करोड पाँच लाख चौविस हजार छ सय पैसठ्ठी रुपैयाँ रहेको छ ।

संस्थालाई जिल्लाकै नमुना संस्थाको रुपमा स्थापित गर्नको लागि नीति, विधि र प्रविधिको माध्यमबाट अघि बढाउदै लगिने रणनीति अध्यक्ष श्रेष्ठले बताउनुभयो । समय सापेक्ष प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित युवा तथा महिला सदस्यहरुका लागि सिपमूलक तथा क्षमता अभिवृद्धि सम्वन्धि कार्यक्रम, निजी क्षेत्र, विद्यालयहरुमा वित्तीय साक्षरता कक्षा सञ्चालन कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सभामा सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले आ.व २०७७ /०७८ को लागि बजेट, नीति तथा कार्यक्रम र आ.व २०७६/०७७ को आर्थिक तथा लेखा परिक्षेण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षेण समितिका संयोजक सुदिप अमात्यले गत आर्थिक वर्षमा लगभग सत प्रतिशत कार्य सम्पन्न गर्नु खुसीको कुरा रहेको बताउँदै १० वुँदामा विभिन्न सकरात्मक सुझाव सहित प्रतिवेदन पेश गर्नुभएको थियो ।

सहकारीले साधारणसभाको अवसरमा आव २०७६/०७७ मा उत्कृष्ठ बचतकर्ता, कारोबार, नानीबाबु बचतकर्ता र कर्मचारीलाई सम्मान गरेको थियो ।साधारण सभामा उपस्थित हुनुभएका र भर्चुअल तथा नुवाकोट एफ.एम लाईभ मा जोडिनु भएका सम्पूर्णमा संस्थाका संचालक विष्णु श्रेष्ठ ले संस्थाको तर्फवाट स्वागत गरिएको थियो ।साधारण सभा शुभारम्भ संचालन उपाध्यक्ष केशव मिश्र ले गरेको थियो ।

त्यसै गरि पौष १५गते सम्म गोलाप्रथा द्धारा छनौट भएका निर्णय पुस्तिकामा हस्ताक्षर गरिने सदस्यहरु १० जना र संचालकहरु ,शेयर सदस्यहरु को सिमित उपस्थितिमा प्राप्त राय सुझावहरु समेटदै साधारण सभा सम्पन्न भयो ।समापन समारोहको प्रमुख आतिथि निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ ले संस्थालाई अझ विकास र विस्तार गर्दै लैजान सुझाव दिनुभयो । साधारण सभा समापन समारोह संचालन सचिवविष्णुकुमार चित्रकारले गरेको थियो ।

अभिलेख

लोकप्रिय