मेगा ड्रिमको १० औं साधारण सभा सम्पन्न, कुल कारोबार १ अर्ब ५८ करोड
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले क्षेत्रगत रुपमा पुष ३ गतेदेखि सभाको शुरुवात गरी पुष १० गते औपचारिक रुपमा सभा समापन गरेको हो । संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीलाई सम्मान गरेको छ ।
संस्थाले सदस्यहरुलाई प्रतिवेदन वितरण, छलफल तथा सुझाव संकलन गर्दै सभा सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सभा समापन भएको हो । सभामा सचिव महाशंकर रेग्मीले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि संस्थाले निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो । यस वर्षदेखि संस्थामा कर्जा लगानी, बचत परिचालन, शेयर सदस्य निर्माण, संस्थागत मुनाफा जस्ता कार्य गर्दा गुणस्तरलाई प्राथमिकतामा राखी संस्थागत सुशासन कायम गरेर अघि बढ्ने उहाँको भनाई थियो ।
संस्थाले आ.व. ०७५/०७६ को अन्त्यसम्म ९ हजार ६ सय ६७ शेयर सदस्य, १३ करोड ४२ लाख शेयरपूँजी, ९७ करोड २७ लाख बचत संकलन र १ अर्ब ३८ करोड ६५ लाख कर्जा परिचालन गरेको छ ।
त्यसैगरी संस्थाको जगेडा तथा अन्य कोषमा ३ करोड ६९ लाख, कर्जा जोखिम कोषमा ५ करोड ३९ लाख र स्थिर सम्पत्ति १ करोड ११ लाख रहेको छ । संस्थाले सो अवधिमा १ करोड ४४ लाख ४४ हजार मुनाफा आर्जन गरेको छ भने १ अर्ब ५८ करोड ३८ लाख कुल कारोबार गर्न सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार