विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी, तयारी समिति गठन
काठमाडौं : बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन गर्नका लागि राष्ट्रिय सहकारी महासंघले एक तयारी समिति गठन गरेकोे छ । सो समितिले संघ गठनका लागि आवश्यक कार्य गर्ने जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा पुस १६ गते आयोजना गरेको विशिष्टकृत थोक उपभोक्ता सहकारी संघ गठनका विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा संचालक डिबी वस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरिएको हो ।
तयारी समितिको सदस्यमा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) का सालिकराम पुडासैनी, संकटा उपभोक्ता सहकारी सस्थाका विन्देश्वर श्रेष्ठ, हिलटप बहुउद्देश्यीयका सुमन विक्रम थापा, मनिप्लान्ट साकोसका ओमबहादुर बस्नेत, किर्तिपुर उपभोक्ता सहकारी संस्थाका लक्ष्मिकुमार महर्जन, जेष्ठ आइडियोलोजी साकोसका हेमबहादुर कार्की, चाइना ट्रेड बहुउद्देश्यीयका राजेन्द्र कुमार श्रेष्ठ, शुभलाभ वहुउद्देश्यीय सहकारी संस्था ललितपुरका आङदावा शेर्पा, र भक्तपुर सर्वसुलभ उपभोक्ता सहकारी संस्थाका कृष्ण गोविन्द्र लाखाजु, सपना बहुउद्देश्यीय सहकारी संस्थाका रामचन्द्र अर्याल, बालकुमारी साकोसका पंचकृष्ण श्रेष्ठ रहेका छन् ।
महासंघका अध्यक्ष मिनराज कडेलले महासंघले ७ वटै प्रदेशमा सम्भावित अध्ययन गरेको र सबैभन्दा बढी सम्भावना रहेको प्रदेशका रुपमा वागमती रहेको बताउनुभयो । अन्तक्रिया कार्यक्रममा संघको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका संचालक तथा बागमती प्रदेश संयोजक डिवी बस्नेतले सहकारीको उत्पादित बस्तु र उपभोक्ता सहकारीलाई मध्यनजर गरेर होलसेल मार्केटिङका लागि संघको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने सम्भावना र आवश्यकतामाथि प्रस्तुती गर्नुभएको थियो । ‘५५ लाखभन्दा बढी जनसख्या भएको, ३३।५ प्रतिशत सहकारी र सहकारीको कुल पुँजीमध्ये ६७।३ प्रतिशत पुँजी यो प्रदेशमा रहेकाले यहाँ यसको सम्भावना छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा महासंघका संचालक खेम पाठक, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, कोषध्यक्ष दिपक पनेरुको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार