कोन सामुदायिक सहकारीको कर्जाको ब्याजदर बढीमा १० प्रतिशत कायम
पोखरा : पोखरा–१३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले कर्जाको ब्याजदर घटाएको छ । अब संस्थाले एक अंक (सिङ्गल डिजिट) को ब्याजदर मै ऋण सेवा उपलब्ध गराउने भएको छ ।
संस्थाले जारी गरेको नयाँ ब्याजदर अनुसार सदस्यले ९.२५ देखि १० प्रतिशत मै कर्जा पाउने छन् । अब सदस्यले १० प्रतिशतभन्दा बढी कुनै पनि कर्जामा ब्याजदर तिर्नु पर्दैन । उक्त कर्जा प्रवाहमा बढीमा १ प्रतिशत सेवा शुल्क र १ वर्षसम्म ब्याज दर हेरफेर समेत नहुने संस्थाका प्रमुख कार्यकारी अधिकृत अपिल कोईरालाले जानकारी दिनुभयो ।
जबकी नेपाल सरकारले कर्जाको ब्याजदर बढीमा १४.७५ तोकेको छ । सरकारले तोकेको भन्दा ४.७५ प्रतिशत कममै संस्थाले कर्जा प्रवाह गर्ने भएको हो ।
२५ लाख रुपैयाँ सम्मको कर्जाको ब्याज दर १० प्रतिशत, २५ लाखदेखि ७५ लाखसम्मको कर्जाको ब्याजदर ९.५० र ७५ लाखभन्दा बढीको कर्जाको ब्याज दर ९.२५ कायम गरिएको उहाँले बताउनुभयो ।
सहकारी संस्थाले चर्को ब्याज लिन्छन् भन्ने आरोप यसबाट पुष्टी हुने समेत बताउनुभयो । ‘सहकारी संस्था भनेको सदस्यहरुको हो’, उहाँले भन्नुभयो, ‘संस्थाले सकेसम्मको अधिकतम सेवा उहाँहरुलाई नै दिनुपर्छ ।’
संस्थाका हाल ३ हजार ५ सय सदस्य आवद्ध छन् । १७ करोड सेयर पूँजी रहेको यस संस्थाको कुल वासलत २ अर्ब २७ करोड रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार