राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा किशोर बिमली
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले नायव महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोर प्रसाद बिमलीलाई नियुक्त गरेको छ ।
बिमलीलाई आगामी माघदेखि कार्यभार सम्हाल्ने गरि बैंकले नियुक्त गरेको हो । सोमबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईले नवनियुक्त नायव महाप्रबन्धकमा किशोर प्रसाद बिमलीलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनियुक्त नायव महाप्रबन्धकमा किशोर प्रसाद बिमलीमा विभिन्न बैंक वित्तीय संस्थामा लेखा परिक्षण, वित्तीय विश्लेषण, जोखिम व्यवस्थापन सहित इक्रा नेपाल लिमिटेडमा रेटिङ डिभिजन प्रमुख भइ कार्य गरेको अनुभव रहेको छ ।
उहाँले राष्ट्रिय सहकारी बैंक लिमिटेडको माध्यमवाट सहकारी क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार