३० असार २०८३, मङ्गलबार

बैंकका कर्मचारीलाई कारबाही गर्ने के.बी. उप्रेतीको चेतावनी

२०७७ पुष १३, सोमबार
बैंकका कर्मचारीलाई कारबाही गर्ने के.बी. उप्रेतीको चेतावनी

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सदस्य संस्थाहरुलाई राजनीतिक पूर्वाग्रहका आधारमा बैंकका कर्मचारीले व्यवहार गरेमा कारवाही गरिने बताउनु भएकोे छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २६औं साधारण सभाको प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आफू पनि राजनीतिक पूर्वाग्रह राखेर काम नगर्ने र यदि कसैले प्रमाणसहित आए कारवाही भोग्न तयार रहेको उहाँले बताउनु भयो ।

सहकारीमा राजनीति भन्दा पनि आर्थिक तथा सामाजिक रुपान्तरणका कुरा हुने भएकाले कसैले राजनीतिक पूर्वाग्रह राख्नु नहुनेमा उहाँको जोड थियो । बैंकले गैर वित्तीय क्षेत्रमा लगानीका लागि प्राथमिकता दिएको र त्यस्ता क्षेत्रमा लगानी गर्ने ऋणको ब्याज सबैभन्दा सस्तो भएको उहँले बताउनुभयो ।

सबै संघ÷संस्थाको बैंक भएकाले समान व्यवहार गर्ने समेत उहाँले दाबी गर्नुभयो । बैंकले स्थिरिकरण कार्यक्रम शुरु गरेको र सो कार्यक्रममा सहभागि हुने संस्थाको अवस्था घ बाट क मा स्तरोन्नति गर्न सघाउने उहाँको भनाई थियो । सदस्य संस्थाहरुलाई पन्ध्र प्रतिशत लाभांश खुवाउन १७ वर्ष लागेको बताउँदै उहाँले नयाँ सहकारी बैंकको कल्पना सुझाए ।

संघका अध्यक्ष रामहरि बजगाईंले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । संघले सदस्य संस्थाहरुको प्रवद्र्धन र विकासका लागि विभिन्न किसिमका तालिम, अन्तरलगानी कार्यक्रम, ऐन नियम परिमार्जनका लागि पैरवी जस्ता कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो । सदस्य संस्थाहरुको समस्या समाधानमा संघ सदैव क्रियाशील रहेको भन्दै उहाँले संघले सधैं सदस्य संस्थाहरुको हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

संघले गत आ.व.को असार मसान्त सम्ममा ३ करोड ७४ लाख शेयरपूँजी, १ अर्ब १९ करोड ५४ लाख बचत संकलन र ७८ करोड ५४ लाख ऋण लगानी गरेको छ । संघमा ५२१ संस्था आवद्ध रहेका छन् ।

साधारणसभाको अवसरमा महानगरपालिका बाट उत्कृष्ट सहकारीको रुपमा अष्टमात्तृका साकोस, महालक्ष्मी नगरपालिकाबाट उदयविनायक महिला साकोस र महाँकाल गाउँपालिकाबाट कालेश्वर साकोसलाई सभामा सम्मानित गरिएको थियो । त्यसैगरी संघले अधिकतम शेयर खरिद गर्ने संस्था र एकिकरण गर्ने संस्थाहरुलाई समेत पुरस्कृत गरेको थियो । संघले एकिकरणलाई अगाडि बढाउन छुट्टै समिति समेत गठन गरेर अगाडि बढेको छ ।

कार्यक्रममा बागमती प्रदेश सहकारी संघ अध्यक्ष रामशरण शर्मा घिमिरे, बचत संघका निवर्तमान अध्यक्ष रामशरण घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संघले कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गरी भेगीय रुपमा भेला गरी उपस्थिति जनाउने तथा प्रतिवेदन वितरण गर्ने काम गरेको थियो । पौष २८ गतेबाट शुरु भएको साधारण सभा पौष ११ गते औपचारिक रुपमा समापन गरिएको हो ।

अभिलेख

लोकप्रिय