२४ कात्तिक २०८३, मङ्गलबार

नेपाल सहकारी पत्रकार समाजको १० औं साधारण सभा सम्पन्न

२०७७ पुष ११, शनिवार
नेपाल सहकारी पत्रकार समाजको १० औं साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल रहनुभएको थियो । उहाँले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउन सकिने उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराथ थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय