शिव शिखर बहुउद्देश्यीय सहकारीको १६ औं सेवा केन्द्र र गार्डेन मार्ट हेटौंडामा
मकवानपुर : भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र हेटौंडा उपमहानगरपालिका ४ पारिजातपथमा खोलिएको छ । संस्थाले सेवा केन्द्रसँगै गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर पनि सञ्चालनमा ल्याएको छ । संस्थाको यो १६ औं सेवा केन्द्र हो ।
करिब ३ करोड रुपियाँको लागतमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरिएको क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिनुभयो । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु विक्री गरिने प्रबन्धक थापाले बताउनुभयो ।
संस्थाले यसअघि डडेल्धुरा, भक्तपुर, पोखरा, चितवनको भरतपुर र टाँडी, सुर्खेत, अत्तरीया, बाग्लुङ र गाइघाटपछि हेटौंडामा खोलिएको हो । यस वर्ष देशभर ५० वटा मार्ट खोल्ने योजना संस्थाको हो । डिपार्टमेन्ट स्टोरको शुभारम्भको अवसरमा पुस महिनाभर हरेक सामानको खरिदमा ३ प्रतिशत छुट पाइने जनाइएको छ ।
सोमबार बिहान मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा सेवा केन्द्र र डिपार्टमेन्ट स्टोरको उद्घाटन गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सहकारीका हेटौंडा शाखा प्रबन्धक वासु भुषाल, सहकारीका प्रतिनिधि, स्टोरका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार