एभरेष्ट कोपको नाममा चामल उत्पादन गर्दै एभरेष्ट कृषि सहकारी
काठमाडौं : एभरेष्ट कृषि सहकारी संस्था लि. बाँकेले एभरेष्ट कोपको नाममा विभिन्न प्रकारका चामलहरू उत्पादन गरी विक्रीवितरण गरिरहेको छ ।
संस्थाका अध्यक्ष देव बहादुर के.सी.का अनुसार हालसम्म ११ हजार ४ सय क्वीण्टल सदस्यहरूको धान खरिद गरिसके छ । संस्थाले सहकारी विभागको समेत सहयोगमा राइस मिल संचालन गरेको छ । परियोजनाको कूल लागत ५ करोड २२ लाखको रहेको छ । जसमध्ये २ करोड २२ लाखको जग्गा, भवन र मेशिन खरिद भएको र ३ करोड संचालन पूँजी रहेको संस्थाका अध्यक्षले बताउनुभयो । संस्थाले उत्पादन गरेको चामल सस्तो र गुणस्तरीय भएको अध्यक्ष के.सी.ले दावी गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी र महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड सुव्वाले पौष ४ गते संस्थाले सञ्चालन गरेको धान प्रशोधन उद्योगको स्थलगत अवलोकन गरेको छ ।
वित्तीय सेवाका साथै सुपथ मूल्य पसल र रासायनिक मल वीउ विक्री वितरण गर्दै आएको उक्त संस्थाको अध्ययन गरेपछि महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले सहकारीहरू उत्पादन, प्रशोधन, वजारीकरण र वितरणमा गएकोमा खुसी व्यक्त गर्नुभयो । महाप्रवन्धक थाम्सुहाडले अन्य संस्थाका लागि सिकाईयोग्य कार्य भएको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार