नेपालका ४७ वटा ऐन सहकारीमैत्री छैनन् : मिनराज कंडेल
काभ्रे : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेपालका ४७ वटा ऐनहरु अझै पनि सहकारीमैत्री नभएको बताउनु भएको छ । संविधानमा व्यवस्था भएका तर सहकारी ऐनसंग बाझिएका ४७ वटा ऐन संशोधनका लागि मन्त्रालय मार्फत पहल थालिएको उहाँले बताउनुभयो ।
काभ्रेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिको २७ औं बार्षिक साधारण सभाको समापन सभामा बोल्नुहुँदै अध्यक्ष कंडेलले केही व्यक्तिहरुको दिमागमा सहकारी प्रतिको हेराई र बुझाई नकरात्मक रहेको हुँदा त्यसलाई चिर्नु पर्ने बताउनुभयो ।
‘सरकारले सहकारीमैत्री कानुन निर्माण नगरेमा महासंघ खबरदारी गर्ने छ, र सहकारी ऐनसंग बाझिएका कानुनहरुको संशोधन गरी सहकारीलाई प्रविधिमैत्री बनाउँदै जानु पर्दछ’, उहाँले भन्नुभयो । कानुनी अवरोधहरुलाई हटाउँदै सहकारी अभियानलाई प्रविधिमैत्री बनाउँदै अगाडी बढ्नु पर्ने अध्यक्ष कंडेलले बताउनुभयो ।
सोही अवसरमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौडेलले सहकारीहरुले प्रविधिसंगै सेवाका कुराहरुलाई समेत डिजिटलाईज गर्नु पर्ने बताउनुभयो । सहकारी अभियानलाई प्रविधिमैत्री बनाउनका लागि नेपालको कानुन नै बाधक भएकाले संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने र नेफ्स्कुनले त्यसमा ऐक्यबद्धता जनाउने धारणा व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार