कुमारी साकोसको १७ औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
काठमाडौं : चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडको १७ औं बार्षिक साधारण सभा भर्चुअलरुपमा सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले संस्थाको आर्थिक वर्ष ०७६÷०७७ को प्रगती प्रतिवेदन तथा ०७७÷०७८ को निती, कार्यक्रम तथा वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले बन्दाबन्दीको समयमा पनि संस्थाले सदस्यहरुलाई ३६५ दिनै सेवा दिएको बताउनुभयो । ‘हामीले प्रशासनले रोक्दा पनि, अरु बैंक वित्तिय संस्थाले सेवा ठप्प पारेको समयमा पनि लुकेर सेवा दियौं, हाम्रो सेवा पाएर सदस्यका आँखामा हर्षका आँशु आए’, उहाँले भन्नुभयो ।
सभामा संस्था पूर्ण प्रबिधिमैत्रि बनेको र देशभरिका कुनैपनि बैंकको एटिएम मार्फत संस्थाको सेवा लिन सकिने जानकारी गराउनुभयो । संस्थाले संचालन गरेको एसएमएस मोबाइल बौंकिङ, एटिएम सेवा प्रयोग गर्न सदस्यलाई आग्रह गर्नुभयो । उहाँले संस्थाले सदस्यलाई आर्थिक कारोबारमा मात्र सहभागीता नगराएर उनीहरुको सामाजीक र सास्कृतिक पक्षमा पनि सहयोग गरेको बताउनुभयो । उहाँले सदस्यको नवजात शिशुको नाममा निशुल्क खाता खोल्ने, बाल बचतकर्ताहरुकालागि जन्मदिनको उपहार प्रदान गर्नै, मृत सदस्यको परिवारकालाई ५ हजार राहत दिने कार्यलाई निरन्तरता दिएको छ । त्यसैगरी सदस्यलाई घातक रोग लागेर आपत पर्दा ५० हजार सम्म उपचार खर्च सहयोग गरेको जानकारी दिनुभयो ।
संस्थाले यस आवमा ८ करोड १८ लाख ५ हजार २ सय रुपैंया शेयर पूंजी, १ अर्ब ३५ करोड ४२ लाख ८० हजार ३७ रुपैंया बचत संकलन, १ अर्व ५ करोड १६ लाख ३९ हजार ४ सय ९५ रुपैंया ऋण लगानी गरेको जानकारी दिनुभयो । १ अर्व ५५ करोड ७ लाख २९ हजार ३ सय ५१ रुपैंयाको कुल कारोबार गरेको संस्थाले १ करोड ३३ लाख ९ हजार ९२ रुपैंया खुद नाफा गरेको छ भने सदस्यहरुलाई १० प्रतिशत लाभांश बितरण गर्ने जनाइएको छ । साधारण सभाको अवसरमा संस्थाले विभिन्न ब्यत्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थाले जेष्ठ नागरिक सदस्य धन बहादुर बस्नेत, शिवरत्न अटल, मति साबित्रि शर्मा, श्यामलाल श्रेष्ठ र मति मिरा गर्गलाई सम्मान गरेको छ । त्यसैगरी सक्रिय शेयर सदस्य मति पार्बती वैध र रमेश अग्रवाललाई सम्मान गरेको छ । त्यसैगरी बाल बचतकर्ता इप्सित श्रेष्ठ र करीना मालीलाई पनि सम्मान गरेको छ ।
संस्थामा लामो समय रहेर सेवा गर्ने कर्मचारीहरुलाई पनि साधारण सभाको अवसरमा सम्मान गरिएको छ । समनित हुने कर्मचारीहरुमा १५ वर्ष देखि कार्यरत प्रबन्धक मुख्य कार्यालय, अपरेशन एण्ड मेम्बर सर्भिसकी किशोरी सिंहलाई सम्मान गरेको छ । त्यसैगरी १० वर्ष सेवाअवधि पुरा गरेका राज कुमार राउत, शम्भु प्रसाद सापकोटा र गाबिन्द नेपाल पनि सम्मानीत भएका छन् ।
५ वर्ष सेवाअवधि पुरा गरेका प्रदिप रेग्मी, साबित्रि नेपाल, रुपा पनेरु, प्रशंसा न्यौपाने, निता थापा श्रृजना लामा, ज्ञानु न्यौपाने तथा सुरक्षा गार्ड लक्ष्मण बस्नेत र ओम प्रसाद सुबेदी पनि सम्मानीत भएका छन् ।
त्यसैगरी संस्थाले यो वर्षको उत्कृष्ट कर्मचारी स्टाफ अफ द इयरको रुपमा सुर्यबिक्रम खड्का दश हजार, फडिन्द्र ढकाल सात हजार र रुपा पनेरु पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । संस्थाका जेष्ठ सदस्य दामोदरप्रसाद बास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा संस्थाका लेखा समिति संयोजक किरणकुमार श्रेष्ठले आर्थिक वर्ष ०७६/०७७ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार