मिलिजुली कालिञ्चोक साकोसको बारेमा नेफ्स्कून अध्यक्षले के भने ?
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारी विभागसंघ सम्झौता गरेर प्रोबेशन कार्यक्रम संचालन गरेकाले यो गैरकानुनी नभएको बताउनुभएको छ ।
संघीय सहकारी विभागले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरका सहकारीको गुणस्तर प्रमाणीकरण गर्न नमिल्ने जवाफ दिएकाले यसवर्ष नेफस्कूनले मात्र प्रमाणपत्र प्रदान गरेको उहाँले प्रष्टिकरण दिनुभयो ।
‘विभाग र नेफ्स्कूस्नबीच कुनै विरोधाभाष उत्पन्न भएको छैन,’ उहाँले भन्नुभयो, ‘विभागका रजिष्ट्रारको सल्लाहमा हामीले प्रमाणीकरण सम्बन्धी कार्यविधि बनाएर मन्त्रालय पठाएका छौं ।’ संघीय सहकारी विभागले आफ्नो कार्यक्षेत्र भन्दा बाहिरका सहकारीलाई गुणस्तर प्रमाणीकरणको प्रमाणपत्र दिन नमिल्ने जवाफ दिएपनि प्रदेश र स्थानीय तह मातहत रहेका सहकारीको अनुगमन गर्न जाने गरेको प्रति अभियानको तर्फबाट गम्भीर प्रश्न उठाएको उहाँले बताउनुभयो ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आज राजधानीमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा ब्यापक हिनामिना भएको, उत्कृष्ट ब्यवस्थापकको पुरस्कार लिन आर्थिक लेनदेन गरेको लगायतका अनियमितको विषयमा प्रकाशित समाचार झुटो भएको दाबी गर्नुभयो ।
नेफ्स्कून र संस्थाले बनाएको छुट्टाछुट्टै समितिले गरेको छानविनले संस्थामा कुनै अनियमितता नभएको देखाएको जवाफ दिँदै उहाँले समाचार प्रकाशित गर्ने अनलाईनले समाचार हटाएकाले पनि आरोप गलत भएको पुष्टि गरेको बताउनुभयो । छानविन प्रतिवेदन सार्वजनिक गरिने समेत उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार