सहकारी बैंकले सदस्यको खातामा पठायो १५ प्रतिशत लाभांश
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६/०७७ को कारोबारबाट सदस्य सहकारी संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १७ औं वार्षिक साधारणसभा सकिए कै दिन शुक्रबार बैंकले लाभांश सदस्य संघ/संस्थाको खाता पठाएको हो ।
‘साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ’, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो, ‘आज साधारणसभा सकिदैछ, लाभांश पनि आजै सहकारीहरुको खातामा पठाएका छौ ।’ बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो ।
एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार जुममार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाह अनुसार शुक्रबार नै देशभरका सहकारीहरुको खातामा लाभांश पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले शुक्रबार नै एक विज्ञप्ती प्रकाशित गरी बैंकसंग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैंकसंग कारोबार गर्ने संघ संस्था तथा सहयोग र समन्वय गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ । शेयर लाभांश खातामा पठाइएको छ, संरक्षित पूँजिफिर्ता कोषको रकम पनि छिटै पठाउने बैंकले जनाएको छ ।
बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूँजिफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ । संरक्षित पूँजिफिर्ताकोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने गुरागाईले बताउनुभयो ।
बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट बैंकसंग कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने भएको छ । यस भन्दा अगाडि आ.व. २०६५/०७६ को कारोबारबाट ९ करोड ३५ लाख र २०७४/०७५ को कारोबारबाट ४ करोड ४३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट रकम प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
