राष्ट्रिय सहकारी महासंघको १९३ औं बोर्ड बैठक सम्पन्न, के-के निर्णय भयो ?
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते भौतिक उपस्थिति तथा भर्चुअल विधि अवलम्बन गरी संचालन हुने भएको छ । महासंघको बिहीबार बसेको १९३ औं बोर्ड बैठकले अबदेखि प्रत्येक बर्ष पुस २७ गते नै बार्षिक साधारण सभा गर्ने निर्णय समेत पारित गरेको छ । २०७६ चैतपछि पहिलो पटक पूर्ण रुपमा भौतिक उपस्थितिमा महासंघको बोर्ड बैठक बसेको हो ।
बैठकले अध्यक्ष कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ । जसको सदस्यमा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहनु भएको छ । संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने उल्लेख छ ।
त्यसैगरी सल्लाहकारहरुमा सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा भरत प्रधान, डा हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको छ ।
बोर्डले विभिन्न उपसमिति समेत गठन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । व्यवसाय प्रवद्र्धन उपसमतिको संयोजकमा भिम तुलाचन, सूचना तथा प्रकाशन उपसमितिको संयोजकमा टेकप्रसाद चौलागाई, शिक्षा तथा तालिम उपसमितिको संयोजकमा राजेन्द्र पौडेल, वैदेशिक सहभागिता छनोट उपसमितिको संयोजकमा शिवकुमार डाँगी, महिला उपसमितिको संयोजकमा अमृता सुब्बा, युवा समन्वय उपसमितिको संयोजकमा सागर ढकाल रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
