उपासना महिला साकोसको ११ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः अमरावती
काठमाडौं : उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा नयाँ नेतृत्व चयन, विभिन्न सदस्य सम्मान, कर्मचारी सम्मान र विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरिएको छ ।
संस्थाको साभारण सभा मंसिर १९ गतेदेखि सुरु भएको थियो । मंसिर २६ गते समापन समारोह कार्यक्रम गर्दै संस्थाको ११ औं साधारण सभा सम्पन्न गरेको हो । समापन कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलल प्रमुख अतिथि रहनुभएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता संगिता कडेल, उत्कृष्ट ऋणी लक्ष्मीमाया बस्नेत, उत्कृष्ट समूह कोतादेवी महिला समूह, उत्कृष्ट कर्मचारी सावित्री खनाल सम्मानित हुनुभएको छ । त्यस्तै दाम्पत्य जोडीमा कान्छामान तामाङ र मसली तामाङ सम्मानित हुनुभएको छ । यसैगरी उपासना सम्मान २०७७ बाट सगरमाथा डेण्डल केयर, एडोरेशन स्कूल, तुलसी थापा मगर, नयन सापकोटा, स्वयम्भु भगवान कानुनी सेवालय र अच्युतप्रसाद भट्टराई सम्मानित हुनुभएको छ ।

नयाँ सञ्चालक समिति चयन, अध्यक्ष पुनः अमरावती
संस्थाको ११ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । नव निर्वाचित सञ्चालक समितिको अध्यक्ष पुनः अमरावती महर्जन (बलामी) चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा सरिता थापा खड्का, सचिवमा राखी खनाल, कोषाध्यक्षमा तुल्सा खड्का र सदस्यहरुमा पवित्रा केसी, उवर्शी रेग्मी (पाण्डे) र रामप्यारी श्रेठ रहनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा मैया चाँपागाई र सदस्यहरुमा सावित्री कुँवर र शोभा लामा चयन हुनुभएको छ । यस्तै शिक्षा उपसमितिको संयोजकमा आरती चित्राकार चयन हुनुभएको छ भने सदस्यहरुमा अरचना मानन्धर र अम्बिका कडेल चयन हुनुभएको छ ।
सञ्चालक समिति र अन्य समितिको कार्यकाल ४ वर्र्षको हुनेछ । निर्वाचित विभिन्न समिति तथा उपसमितिले पदभार पनि ग्रहण गरिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार