५७.७ प्रतिशत सदस्यको उपस्थितीसहित पोखरा रोयलको १९औं साधारण सभा सम्पन्न
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ का कारण सहकारी विभागले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन र संस्थाको महामारीमा साधारण सभा व्यवस्थापन कार्यविधि २०७७ अनुसार मिति २०७७ साल मंसिर १३ गते बाट प्रारम्भ भै शनिबार (मंसिर २७ गते) समापन भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी विभागले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन बमोजिम पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पुरा गरि पोखरा रोयल साकोसले साधारण सभा सम्पन्न गरेको, सहकारी ऐन र नियमावली अनुसार कोषहरुको व्यवस्थापन गरेको प्रत्यक्ष रुपमा देखिएकोले अन्य संस्थाले पनि यसले गरेको कार्यहरुलाई अनुसरण गर्दा सहकारी अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट वर्ष कर्मचारी २०७६ बाट दुलेगौडा सेवाकेन्द्र प्रमुख सरस्वती भुजेल, उत्कृष्ट वर्ष सदस्य बाट शेयर सदस्य किसन कुमार खनाल र सरस्वती बराल पौडेल, उत्कृष्ट बाल बचतकर्ता सम्मान बाट सोफिया गुरुङ, उत्कृष्ट लघुवित्त केन्द्र पुस्कारबाट प्रथम पिपलथोक केन्द्र, दोस्रो लालिगुराँस केन्द्र र तेस्रो मेलमिलाप केन्द्र एवं उत्कृष्ट सुझावकर्ता बाट शेयर सदस्य राजकुमार अर्याललाई सम्मान गरिएको थियो ।
१५ दिनसम्म सञ्चालनमा रहेको साधारण सभामा कुल ७५०१ जना सदस्य मध्ये ४३२८ (५७.७ प्रतिशत) सदस्यको उपस्थिती रहेको र उपस्थित सदस्यहरुले दिएको भएको सुझाव एवं जिज्ञासाको संस्थाका सचिव क्या चन्द्र प्रसाद गुरुङले जवाफ दिनुभएको थियो । यसैगरि साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले विशेष प्रस्ताव पेश गर्दा सभामा उपस्थित प्रतिनिधि एवं सदस्यले सर्व सम्मत रुपमा विशेष प्रस्ताव पास गर्ने निर्णय गरेका थिए ।
संस्थाका उपाध्यक्ष रुद्र कुमारी गुरुङले स्वागत गरेकोे समापन कार्यक्रम संस्थाका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको थियोे । सहकारीले सदस्यहरुलाई १०.५३ प्रतिशत लाभांश, संरक्षित पुँजि फिर्ता कोषबाट सदस्यहरुले बचतमा प्राप्त गरेको व्याजमा ३.५० प्रतिशत र ऋणमा तिरेको व्याजको आधारमा ३.३० प्रतिशत प्रतिफल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
समापन समारोहको कार्यक्रम सञ्चालन संस्थाका मुख्य प्रवन्धक मीलन ढकालले गर्नुभएको थियो । हाल संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरासहित सेवाकेन्द्रहरु दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहोरिया कास्कीमा गरि ४ वटा कार्यालय मार्फत सदस्यहलाई वित्तिय सेवा प्रवाह गरिएको, संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्गजा, तनहुँ र लम्जुङ्ग रहेको, ४२ जना कर्मचारी मार्फत सञ्चालित संस्थाको असार मसान्त सम्म १ अर्व ८३ करोडको वासलात रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार