कोन सामुदायिक साकोसको २२औं साधारण सभा सम्पन्न, अध्यक्षमा तिर्थ बहादुर बस्नेत निर्वाचित
कास्की : पोखरा १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ अौ बार्षिक साधारण सभा तथा ८ औं निर्वाचन संस्थाका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले आगामी ४ बर्षिय कार्यकालका लागि अध्यक्षमा तिर्थ बहादुर बस्नेतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा माधव प्रसाद सिग्देल, सचिवमा शान्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा जय प्रसाद सापकोटा, सह सचिवमा सुरेन्द्र प्रसाद सिग्देल चयन हुनुभएको छ । सदस्यहरूमा शारदा पराजुली , केदार राज सिग्देल, खड्क बहादुर गुरूङ (खुसिमान) र जसुदा गुरूङ रहुनभएको छ ।
ज्ञानेन्द्र प्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति चयन भएको छ भने सदस्यहरूमा बजिरमान श्रेष्ठ र ईन्द्र प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ ।

अधिबक्ता दयाराम गौतमको संयेज्कत्वमा सदस्य गोविन्द प्रसाद सिग्देल र अपिल कोईरालाको निर्वाचन उपसमितिले सपथ ग्रहण सहित निर्वाचन कार्यक्रम समपन्न गरेको छ । संस्थाका सल्लाहकारहरू श्याम शर्मा , नारायण पराजुली लगाएतद्वारा शुभकामना ब्यक्त गरिएको थियो । संस्थाको आर्थिक प्रस्तुति, प्राप्त सुझाबहरू तथा नियमक निकायद्वारा जारी निर्देशनका बारेमा संस्थाका महाप्रबन्धक अपिल कोइरालाद्वारा प्रस्तुती गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार