१४ भदौ २०८३, आईतवार

लुम्बिनी प्रदेशमा तीन वटा सहकारी संघ दर्ता

२०७७ मंसिर २६, शुक्रबार
लुम्बिनी प्रदेशमा तीन वटा सहकारी संघ दर्ता

रुपन्देही । लुम्बिनी प्रदेश, बुटवलमा एकैदिन प्रदेश स्तरीय तीन वटा संघहरुले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश बुटवलमा आयोजित एक कार्यक्रमका बीच मंसिर २३ गते दर्ता भएका लुम्बिनी प्रदेश सहकारी संघ, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ, र लुम्बिनी प्रदेश कृषि सहकारी संघलाई दर्ता प्रमाणपत्र वितरण गरिएको हो ।

मन्त्रालयका दर्ता अधिकारी श्रीधर ज्ञवालीको अध्यक्षता, मन्त्रालय का सचिव डा। रेवति रमण पौडेलको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बन्धित प्रदेश संघका अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिद्वारा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रदेश सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम प्रसाद सुबेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल र लुम्बिनी प्रदेश कृषि सहकारी संघका अध्यक्ष नर बहादुर घर्तिलाई प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयका दर्ता अधिकारी श्रीधर ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय