विकू बचतको ३१ औँ साधारण सभा सम्पन्न, संस्थाको कुलपुँजी ६ अर्ब ५५ करोड नाघ्यो
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाले नेपाल सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरी साधारण सभा सन्पन्न गरेको हो ।
शनिबार अमरापुरीमा भएको उपस्थिति तथा निर्णय एकिकृत एवम् ३१ औँ वार्षिक साधारण सभा समापन समारोहमा बोल्दै विशिष्ट अतिथि विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू एउटा ब्रान्ड बनिसकेको बताउँदै यो एउटा संस्कार र अभियान समेत रहेको बताउनुभयो । उहाँले विकूको उत्कृष्ठता देखेर सोही नाम राखी संस्था स्थापना गरेका प्रशस्त उदाहरण समेत भेटिएको बताउनुभयो ।
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले यहि मंसिर ५ गतेदेखी शुरु भएको साधारण सभाका क्रममा आएका सुझावलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रममा समावेश गरि अघि वढ्ने बताउनुभयो । विकूलाई एउटा पाठशालाका रुपमा स्थापित गरिने उहाँले बताउनुभयो । कार्यक्रममा विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले २६ प्रकारका वित्तीय र ४३ प्रकारका गैरवित्तीय कार्यक्रम प्रस्ताव गर्नुभएको थियो ।

त्यस्तै कोषाध्यक्ष कालिदाश गौडेलले चालु आर्थिक वर्षका लागि ७ अर्ब १४ करोड ६८ लाख ४२ हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । विकूले अघिल्लो वर्ष १९ करोड १ लाख ८२ हजार ८ सय ७७ रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको उहाँले बताउनुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदीले गत आर्थिक वर्षमा सत प्रतिशत कार्य सम्पन्न गर्नु खुसीको कुरा रहेको बताउँदै १७ बुँदामा विभिन्न सकरात्मक सुझाव पेश गर्नुभएको थियो । साधारण सभाले प्रस्तावित योजना, बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । त्यस्तै संस्था एकिकरण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।
विकूले संस्थाको वार्षिक प्रतिवेदन एफएम, टेलिभिजन, युट्युब, संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल मार्फत सुन्न, पढ्न र हेर्न सकिने गरि व्यवस्था मिलाएको थियो । सामाजिक सञ्जाल मार्फत, सेवा केन्द्रमार्फत ३४ हजारले उपस्थिति जनाएको र गणपुरक सङ्ख्या पुगेपछि साधारण सभा समापन समारोह गरिएको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विकूका पूर्व अध्यक्ष हरिलाल सापकोटा, गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, भरतपुर महानगरपालिका २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, देवुचुली १० का वडा अध्यक्ष केशर आले, देवचुली १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, विकूका चोरमारा सेवा केन्द्र संयोजक केदार पराजुली, नव लुम्बिनी सेवा केन्द्र संयोजक गणेशमान महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विकूको उत्कृष्ठता कायम राखिरहन आग्रह गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ठ कर्मचारीका रुपमा स्मृति कंडेल, सरस्वती घर्ती, सुरक्षातर्फ विब्यराज तिवारी र उत्कृष्ट ईन्चार्ज किरण सापकोटालाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सेवा केन्द्र व्यवस्थापनतर्फ कालिगण्डकी सेवा केन्द्र, सर्वोत्कृष्ट सेवा केन्द्रमा अमरापुरी, नव लुम्बिनी र चोरमारा सेवा केन्द्रलाई पुरस्कार तथा सम्मान गरिएको थियो । विकूले १९ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा ८० हजार सेयर सदस्य, ६० करोड सेयरपुँजी, ३५ करोड जगेडा कोष र ६ अर्ब ५५ करोड कुलपुँजी रहेको छ ।

कार्यक्रमको उद्धघाटन संस्थाका अध्यक्ष ओम प्रसाद समपकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष यमुनाथ आचार्यले गर्नुभएको थियो र सञ्चालन प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमा संचालक समिति लेखा सुपरिवेक्षण समिति,केन्द्रीय उप–समितिहरु, सेवाकेन्द्र व्यवस्थापन उप–समिति, प्रतिनिधि सदस्यहरु ,कर्मचारीहरु, विजय परिवाका सदस्य संस्थाहरु र विभिन्न संचार माध्यमको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संभावित संक्रमणको जोखिमका कारण सहकारी विभागको परिपत्र अनुसार उच्च सुरक्षाको मापदण्ड अपनाइ वार्षिक साधारण सभाको आयोजना गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार