३० असार २०८३, मङ्गलबार

नेफ्स्कूनद्वारा सहकारी ऐन संशोधनसहित ४ वटा मस्यौदा कार्यविधि मन्त्रालयलाई हस्तान्तरण

२०७७ मंसिर १६, मङ्गलबार
नेफ्स्कूनद्वारा सहकारी ऐन संशोधनसहित ४ वटा मस्यौदा कार्यविधि मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी ऐन २०७४ संशोधन, स्थिरीकरण कोष कार्यान्वयन रणनीति र चार वटा मस्यौदा कार्यविधि सहकारी मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

नेफ्स्कूनले विषय विज्ञहरुसँग छलफल गरी तयार गरेको सहकारी ऐन २०७४ संशोधन, स्थिरीकरण कोष कार्यान्वयन रणनीति र चार वटा मस्यौदा कार्यविधि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गरेको हो । नेफ्स्कूनले सोमबार एक कार्यक्रमको आयोजना गरी सहकारी ऐन २०७४ मा आवश्यक संशोधन, सहकारी संस्थाको कर्जा असुली न्यायाधिकरण कार्यविधि २०७७, बिशिष्टीकृत सहकारी संघको गठन तथा सञ्चालन कार्यविधि २०७७, अन्तर सहकारी भुक्तानी (बचत तथा ऋण) सम्बन्धी कार्यविधि २०७७ र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सम्बन्धी कार्यविधि २०७७ र स्थिरीकरण कोष कार्यान्वयन रणनीति मस्यौदा २०७७ सचिव पाण्डेलाई हस्तान्तरण गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई गहन रुपमा अध्ययन समीक्षा गरेर आइएलओको साथ लिएर कार्यविधिका मस्यौदाहरु बनाएको जानकारी गराउनुभयो । उहाँले बचत तथा ऋण सहकारीहरुको छुट्टै ऐन आउने बित्तिकै वित्तीय सहकारीहरुमा देखिएका धेरै समस्याहरु स्वतः समाधान हुने दाबी गर्दै त्यसतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष पौडेलले सहकारीका सिद्धान्तको जग नै सहकारीका अन्तर्राष्ट्रिय मूल्यहरु भएको प्रष्ट्याउँदै ऐक्यबद्धताका विषयमा पनि सरोकारवालाहरुलाई ध्यानाकृष्ट गराउनुभयो ।

अभिलेख

लोकप्रिय