४१ प्रतिशतले बढ्यो पोखरा रोयलको सदस्य, वासलात १ अर्ब ८१ र खुद नाफा ५ करोड ६२
पोखरा, १५ मंसिर
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ६२ लाख ९१ हजार ७ सय ६५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यस आर्थिक वर्षमा संस्थाको वासलात ७ दशमलप ७७ प्रतिशतले बढेर १ अर्ब ८१ करोड १९ लाख २ हजार ८ सय ६८ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा संस्थाको वासलात १ अर्ब ७० करोड ७ लाख ४६ हजार २७ रुपैयाँ रहेको थियो ।
संस्थाको १९ करोड ८७ लाख १९ हजार ३ सय रुपैया सेयर पूँजी रहेको छ । संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ३२ करोड ५ लाख ५६ हजार ३ सय ८५ बचत संकलन गरी १ अर्ब ४५ करोड ५८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको जगेडा कोषमा ११ करोड ८४ लाख ७४ हजार ८७ रुपैयाँ र अन्य कोषहरु ४ करोड २२ लाख १८ हजार ८ सय २५ रुपैयाँ रहेको छ ।
संस्थाले यस आर्थिक वर्षमा २ पटक सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरेको थियो । पहिलोपटक दुलेगौंडा सेवा केन्द्रबाट १३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेको र कोरोनाको असर परेका सदस्यलाई १० लाखसम्म ९.९९ प्रतिशत व्यजदरमा कर्जा प्रवाह गरेको संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङले जानकारी दिनुभयो । यस वर्ष विभिन्न कोषमा बाँकी रहेको रकम मध्ये १ करोड २ लाख ५२ हजार रुपैया जगेडा कोषमा रकमान्तर गरेको छ । त्यस्तै कर्मचारी बोनस कोषमा बाँकी रहेको ५ लाख ३९ हजार रुपैयाँ आम्दानीमा रकमान्तर गरेको छ ।
संस्थाको सदस्य ५ हजार ३ सय ३ जना रहेकोमा यस वर्ष ४१.४५ प्रतिशतले बृद्धि भई ७ हजार ५ सय १ जना पुगेको छ ।
१९ औँ वार्षिक साधारण सभा शुभारम्भ समाराेह
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
८ प्रतिशत लाभांश पारित गर्दै जनसेवी साकोसको सातौँ साधारण सभा सम्पन्न
११ आश्विन २०८३, आईतवार
गण्डकी साकोसको ३५ औं साधारण सभा सम्पन्न, संस्थागत पुँजी ११ प्रतिशत कायम
१० आश्विन २०८३, शनिबार
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार