तनहुँका दुई सहकारीलाई राष्ट्रिय सहकारी बैंकको सम्मान
दमौली : राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।
बैंकको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था लिमिटेड दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था लिमिटेड दमौलीलाई पुरस्कृत गरिएको हो । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।
सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारीको बैंकको भूमिका दिन प्रतिदिन प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले सहकारीहरुको संस्थागत विकास र सदस्यको आर्थिक समृद्धिका लागि सहकारी बैंक र सहकारी संस्थाहरुबीच सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा बैंकका सञ्चालक जिसीले सदस्य सहकारीहरुमार्फत समाज रुपान्तरणका लागि सहकारी बैंक सदैव सक्रिय र समन्वयकारी रहेको बताउनुभयो । उहाँले वित्तीय कारोबारका साथै संस्थाको संस्थागत विकास र सुशसान तथा सञ्चालक तथा कर्मचारीहरुको नेतृत्व र क्षमता विकासका लागि बैंकले सञ्चालन गरेका कार्यक्रमहरुमा सहभागिताका लागि आव्हान गर्नु भयो । सम्मान कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पुरस्कृत संस्थाका तर्फबाट रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्लेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बैंक समन्वय उपसमिति दमौलीकाका संयोजक अमर बहादुर कुँवरकोको अध्यक्षता, सदस्य प्रदिप अधिकारीको स्वागत र शाखा प्रमुख युवराज दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
