१.५ प्रतिशत सेवा शुल्क तोक्न अभियानको सुझाव
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीले ऋण लगानीमा लिने सेवा शुल्को दर १ दशमलव ५ प्रतिशतसम्म तोक्न सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रुपमा सुझाव बुझाएको हो ।
संघिय विभागले भने सहकारीले ऋण लगानीको अधिकतम एक प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने गरी सेवा शुल्क तोक्ने तयारी गरेको छ । सेवा शुल्क निर्धारणका लागि कात्तिक अन्तिम साता विभाग महासंघसहित बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय संघका प्रतिनिधिहरुसँग छलफल भएको थियो । छलफलमा शुल्कबारे एकमत हुन नसकेपछि विभागले महासंघसँग लिखित सुझाव मागेको थियो ।
महासंघले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, कृषि सहकारी केन्द्रीय संघसँग छलफल गरी सेवा शुल्कबारे सुझाव दिएको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिष्ट्रारले तोक्न सक्ने व्यवस्था रहेको छ ।
बागमती प्रदेश सरकारले भने बढीमा एक प्रतिशत र नविकरण गर्दा ० दशमलव २५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । प्रदेश सहकारी ऐन–२०७६’ को परिच्छेद ७ को दफा ६३९३० अनुसार ऋणमा एक प्रतिशत र नविकरण गर्दा ० दशमलव २५ प्रतिशत सेवा शुल्क निर्धारण गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
