२४ कात्तिक २०८३, मङ्गलबार

क्युआर कोड स्क्यान गरी मोबाईलमै पढ्नुहोस् सहकारी बैंकको १७ औं प्रतिवेदन

२०७७ मंसिर ९, मङ्गलबार
क्युआर कोड स्क्यान गरी मोबाईलमै पढ्नुहोस् सहकारी बैंकको १७ औं प्रतिवेदन

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको १७ औं प्रतिवेदन (आ.व. २०७६/०७७) मोबाईबाटै पढ्न सकिने भएको छ । सदस्य संघ÷संस्था तथा सर्वसाधरणहरुले मोबाईलमा क्युआर कोड स्क्यान गरी प्रतिवेदन पढ्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

सहकारी बैंकले तयार गरेको क्युआर कोडलाई स्क्यान गरी १ सय १६ पेजको प्रतिवेदन सहजै पढ्न सकिन्छ । प्रविधिको भरपुर सदुपयोग गर्दै नयाँ अध्यास गरिएको सहकारी बैंकका सञ्चालक केदार मानन्धरले जानकारी दिनुभयो ।

कोरोना भाईरसका कारण असहज परिस्थितीमा प्रतिवेदन पढ्न यसले सहजता ल्याउने उहाँको भनाई छ ।

क्युआर कोड स्क्यान गर्नुहोस्

अभिलेख

लोकप्रिय