३० असार २०८३, मङ्गलबार

जनहितकोष साकोसको साधारण सभा तथा रजत जयन्ती सम्पन्न, जेष्ठ सदस्यलाई मासिक भत्ता दिने

२०७७ मंसिर ७, आईतवार
जनहितकोष साकोसको साधारण सभा तथा रजत जयन्ती सम्पन्न, जेष्ठ सदस्यलाई मासिक भत्ता दिने

रामेछाप : श्री जनहितकोष साकोस, खिम्ती, रामेछापको २५ औं साधारण सभा तथा रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाले कार्तिक २० गतेदेखि २८ गतेसम्म क्षेत्रगत एकाई तय गरी एकाइ सभा र मंसिर ६ गते प्रतिनिधि मुलक साधारण सभा सामाजिक दुरी कायम गर्दै सम्पन्न गरेको हो ।

सभाको उद्घाटन गर्नुहुँदै वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य जगन्नाथ दाहालले सहकारीले आफ्नो कार्यक्षेत्रका अभिकांश सदस्यहरुकोे जीवनस्तर उकास्न तथा विभिन्न प्रकारका सदस्य राहत कार्यक्रममार्फत सदस्यहरुलाई सन्तुष्ट पार्न सफल संस्था रहेको जानकारी गराउनु भयो ।

यसै गरी साधारण सभामा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद कडरियाले कोरोना महामारीका वावजुद पनि संस्थाको गतिविधि सुरक्षाको मापदण्डसहित संयमितताका साथ अगार्ड बढाई सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गरिरहेको बताउनु भयो ।

संस्थाको “गाउँघरमा जनहितकोष, शान्ति र समृद्धि यसको उद्घोष” भन्ने नारालाई सार्थक पार्दै समाजमा छरिएर रहेको स–साना रकमहरुलाई बचतको रुपमा एकिकृत गरी सदस्य माझ नै परिचालन गरी संस्थाले समाजका अधिकांश शेयर सदस्यहरुलाई आयआर्जन गर्नको लागि वित्तीय तथा प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष बद्रीबहादुर खत्रीले आ.व. २०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाको कुल सम्पत्ती १९ करोड ५० लाख भएको बताउनु भयो । त्यसैगरी १ करोड ७४ लाख शेयर पूँजी, १ करोड ५ लाख जगेडाकोष, २ करोड २४ लाख अन्य कोषहरु, १२ करोड ८५ लाख बचत संकलन, १३ करोड ६३ लाख लगानीमा रहेको ऋण र यस वर्ष ४१ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाले आइएमइ रेमिट र प्रभु मनि ट्रान्सफरमार्फत सदस्य तथा गैर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ भने सदस्य पारिवारिक राहत, सदस्य दुर्घटना राहत र अहिला सदस्यहरुको लागि सुत्केरी खर्च उपलब्ध गराउँदै आइरहेको छ । यसै आ.व. को माघदेखि २०७६/०७७ असार मसान्तमा ७५ वर्ष पूरा पुगेका जेष्ठ सदस्यहरुलाई मासिकरुपमा ४ सयका दरले आर्थिक सहायता पु¥याईने कार्यक्रम रहेका छ ।

अभिलेख

लोकप्रिय