हाम्रो जनकल्याण साकोसको साधारण सभा रेडियोमार्फत, ६२ करोड नाघ्यो वासलात
दोलखा : कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला दोलखाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलोपटक सामुदायिक रेडियोहरुमार्फत साधारणसभा सम्पन्न गरेको छ ।
कोरोना रोगको महामारीले ठूलो संख्यामा मान्छे जम्मा गर्न सरकारले रोक लगाएपछि हाम्रो जनकल्याण साकोसले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । जिल्लाका रेडियो भीमेश्वर, कालिञ्चोक एफएम, रेडियो शैलुङ र हाम्रो रेडियोमार्फत सहकारीले साधारणसभाका विषय, नीति तथा कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
८ हजार सेयर सदस्य तथा साढे ३२ सय बालबचतकर्ता रहेको सहकारीका सञ्चालक र ३ जना अतिथि उपस्थित गराएर सहकारीले साधारणसभा सम्पन्न गरेको हो । केन्द्रीय साधारणसभा मात्र आयोजना गर्दै आईरहेको सहकारीले कोरोना महामारीका कारण ६ वटा ईकाईगत सभा गर्ने हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ६२ करोड ९३ लाख बराबरको वासलात रेडियोमार्फत कोषाध्यक्ष अर्जुन कार्कीले सार्वजनिक गर्नुभएको थियो । ५ करोड २१ लाख २१ हजार दुईसय सेयर पूँजी रहेको सहकारीको साधारणसभामा उपस्थित भीमेश्वर नगरपालिका मेयर भरतबहादुर केसीले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए । नीति, विधि र नेतृत्वको आधारमा सहकारीहरु सञ्चालन गरेर उत्पादन र पर्यटनको क्षेत्रमा लगानी बढाउँदा प्रतिफल कहिल्यै नगुम्ने मेयर केसीले बताउनुभयो ।
सहकारीले गत आर्थिक बर्षमा मृत्यु भएका २१ सेयर सदस्यका आफन्तहरुलाई ३ लाख ८१ हजार हितकोषबाट भुक्तानी गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताउनुभयो । संस्थामा सदस्य भई आमा वा बुबा मध्ये एक जना नभएका सेयर सदस्यका छोराछोरीमध्ये एकजनालाई दिने गरिएको असहाय सन्तती छात्रबृत्ति अन्तरगत गत आर्थिक बर्षमा ५ छात्र र ५ छात्रा गरी १० जनालाई प्रत्येकलाई बार्षिक दुईहजार पाँचसयको दरले २५ हजार छात्रबृत्ति वितरण गरिएको सीईओ बस्नेतले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार